नवलपरासी,पश्चिम् । नेपाल आमा समूह बर्दघाटको आयोजना,त्रिनेत्र बुद्धमङ्गल योग समिती को सह आयोजना र बर्दघाट नगरपालिकाको सहयोगमा आयोजना गरिएको बृहत खुल्ला तिज गित प्रतियोगिताको उपाधी गङ्गाबस्ती योग साधना केन्द्र बर्दघाट १४ ले हात पारेको छ ।त्यसैगरी शिवालय योग साधना केन्द्र बर्दघाट -४ द्वितीय,त्रिनेत्र योग साधना केन्द्र जिमिरेभार त्रितिय भएका छ्न भने हरीयाली नगर योग साधना केन्द्र ले सान्त्वना पुरस्कार प्राप्त गरेको छ ।प्रथम द्वितीय तृतीय र शान्त्वना समूहले क्रमशः दस हजार,७ हजार,५ हजार र तीन हजार पुरस्कार राशी प्राप्त गरेका छन ।प्रतीयोगितामा सात वटा टिम सहभागी भएका थिए ।
योग तथा स्वास्थ्य सम्बन्धि बिषय वस्तुमा आधारित रहेर सहभागी समुह हरुले प्रस्तुति दिएका थिए ।कार्यक्रमको उद्घाटन गर्दै बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठले योग साधना र स्वस्थ्य जिवनमा आधारित रहेर आयोजना गरिएको प्रतियोगिता निकै पृथक र सकारात्मक भएको उल्लेख गर्नु भयो ।
पछिल्लो समय योगको महत्व बढ्दै गैरहेको सन्दर्भमा योग प्रतीको आकर्षण बढाउन प्रतियोगी समुहको प्रस्तुतिले योगको महत्वलाई थप बढाएको बताउनु भयो ।
योगाभ्यासले सकारात्मक मानसिकता को विकास हुने हुँदा त्यसले समाज रुपान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने श्रेष्ठले बताउनु भयो ।नगरपालिकाले स्वस्थ्य नगर बनाउने उदेश्य अनुरुप विभिन्न वडाहरुमा योग समितीहरुलाई प्रोत्साहन गर्दै आईरहेको समेत उहाँले बताउनु भयो ।
उपप्रमुख रुद्र प्रकाश उपाध्यायले हरितालिका तिज महिलाहरूका लागि विशेष चाड भएको उल्लेख गर्दै मानिस जति नै आधुनिक भए पनि उसले जन्मसँगै पाएको संस्कार एवं संस्कृति छोड्न नहुने बताउनु भयो ।
तिजलाई सभ्य र भब्य रुपमा मनाउँदै यसको महत्त्व र गहिराईलाई आत्मसाथ गर्दै सामाजीक आर्थिक र अन्य तवरबाट समेत अनुसाशित भएर मनाउनु पर्नेमा जोड दिनु भयो ।
त्रिनेत्र धाम योग समितिका अध्यक्ष एवं योग साधक नरेश पङ्गेनिले कार्यक्रममाथि प्रकाश पार्दै सबै वडाहरुमा योग समिति गठन गर्दै योग शिविरहरु सञ्चालनको अभियानलाई समेत निरन्तरता दिईएको बताउनु भयो ।
कार्यक्रममा जनप्रतिनिधि,विभिन्न संघ सस्थाका प्रतिनिधिहरु,विभिन्न वडाका योग साधक एवं स्थानीय महिला दिदिबहिनीहरुको उपस्थिति रहेको थियो ।नेपाल आमा समूहका अध्यक्ष कला तिवारीको अध्यक्षता एवम् नगर प्रमुख शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।