नवलपरासी।बर्दघाट नगरपालिका वडा नं. १३ लेवडा निवासी (परिवर्तित नाम) प्रकाश हरिजन वैदेशिक रोजगारीको सिलसिलामा कतारको एक बहुप्रतिष्ठित कम्पनीमा सामान्य श्रमिकको रूपमा कार्यरत थिए।
“मानिसको जीवन अन्न-पानीको शरीर हो, कुनबेला के हुन्छ थाहा हुन्न।” उनी कम्पनीमा नियमित काम गरिरहेका थिए। कमाइ धेरै नभए पनि उनले घर पठाएको रकमले परिवारको खर्च चलिरहेको थियो। त्यही पैसाले पुरानो कच्ची घरलाई पक्की घरमा रुपान्तरण गरे। ऋण तिर्ने क्रममा अचानक किड्नी फेल हुने गम्भीर समस्या देखियो।
विदेशमा रहेको कम्पनीले यथासम्भव उपचार गर्यो, तर सुधार नभएपछि नेपाल फर्कन बाध्य भए। परिवारसँगै भैरहवास्थित मेडिकल कलेजमा थप उपचार गराइयो। यसैबीच वैदेशिक रोजगार बोर्ड (DOFE) र बीमा कम्पनीमार्फत घातक रोगको उपचार खर्च पाइने कुरा SAMI (सुरक्षित आप्रवासन) कार्यक्रमको वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कक्षामा जानकारी दिइएको थियो।
त्यही कार्यक्रमको समूह बैठकमा प्रकाश हरिजनकी श्रीमती सहभागी थिइन्। उनले श्रम स्वीकृति र सरकारी सुविधा बारे नबुझेको बताइन्। त्यसपछि रिटर्नी स्वयंसेवकले उनको पासपोर्ट नम्बरमार्फत श्रम अवधि प्रमाणित गरे र प्रक्रिया अगाडि बढाए। सम्बन्धित कागजातहरू रोजगार सेवा केन्द्र, वडा कार्यालय र आप्रवासी स्रोत केन्द्रमार्फत वैदेशिक रोजगार बोर्ड र बीमा कम्पनीमा पठाइयो।प्रकाश हरिजनले उपचार खर्च स्वरूप वैदेशिक रोजगार बोर्डबाट रु ७ लाखबीमा कम्पनीबाट रु ५ लाख
प्राप्त गरे।
तर, दुर्भाग्यवश, दीर्घ उपचारपछि पनि उनले जीवन रक्षा गर्न सकेनन्। अन्ततः उनी संसारबाट विदा भए। घरमा आर्थिक सहारा दिने मानिस गुमेपछि श्रीमती माया हरिजन तीन छोराछोरीसहित पीडामा डुबिन्।
रिटर्नी स्वयंसेवकको सहयोगमा मृत्युपश्चात पाइने आर्थिक सहायताको लागि पुनः प्रक्रिया थालियो। केहि समयपछि वैदेशिक रोजगार बोर्डबाटरु १० लाख,र बीमा कम्पनीबाटरु १३ लाख रकम प्राप्त भयो।
धेरै नेपाली कामदार वैदेशिक रोजगारमा जाँदा अवैध बाटो, भिजिट भिसा वा श्रम स्वीकृति बिना जान्छन्, जसले गर्दा राज्यबाट पाउने यस्ता सुविधा गुमाउँछन्। यस्तै, केहीले श्रम अवधि सकिएपछि पनि पुनः श्रम स्वीकृति नलिएर समस्या झेल्नुपर्छ।
तर प्रकाश हरिजनले भने वैधानिक प्रक्रिया पालना गरेकाले बिरामी हुँदा र मृत्युपश्चात कुल रु ३४ लाख बराबरको सरकारी तथा बीमा सहायता पाउन सफल भए। यो सम्भव भयो SAMI कार्यक्रम, सूचित परामर्श, र रिटर्नी स्वयंसेवकको मार्गदर्शनका कारण।
उनकी श्रीमती माया हरिजन भन्छिन्:
“श्रीमान गुमाउनु मेरो जीवनको अँध्यारो क्षण थियो, तर SAMI मेरो जीवनको सारथी बन्यो। मलाई श्रमको महत्त्व बुझाउने र सहयोग गर्ने स्वयंसेवक मेरो मार्गदर्शक हुन्।”
सुर्य प्रसाद पाण्डेय
रिटर्नी स्वयंसेवक
बर्दघाट नगरपालिका, नवलपरासी
(लेख -सुर्य पाण्डेबाट जस्ताको त्यस्तै )