बर्दघाटमा एक सय जनालाई लालपुर्जा बितरण 

  • hamroaakha
  • / मुख्य समाचार /
  • २०८२ श्रावण १६, शुक्रबार (१ महिना अघि)
  • १७७ पटक पढिएको
बर्षौदेखी थन्किएर बसेका कयौ परियोजनाहरुको पछिल्लो समय काम सुरु भएको छ : सांसद चौधरी 
नवलपरासी,पश्चिम् ।पश्चिम् नवलपरासीको बर्दघाटमा आज एक सय जनालाई लालपुर्जा बितरण गरिएको छ ।बर्दघाट नगरपालिका वडा नम्बर ५ मा रहेका अव्यवस्थित ,सुकुम्बासी हरुलाई दोस्रो चरण अन्तर्गतको पुर्जा वितरण गरिएको हो ।
पुर्जा वितरण समारोहमा बोल्दै यसै क्षेत्रका प्रतिनिधि सभा सदस्य विनोद चौधरीले चुनावमा आफुहरुले गरेको प्रतिबद्धता क्रमशः पूरा हुँदै गएको बताउनु भयो ।
“जग्गाधनी प्रमाणपत्र अर्को दृष्टिकोणमा भन्ने हो भने यो आर्थिक बिकासको आधार पनि हो,पुर्जा प्राप्तिले ठुलो आत्मविश्वास पनि दिलाएको छ,हामी कुरा कम काम बढी गर्ने पृष्ठभूमि बाट आएका हौं चौधरीले भन्नू भयो ।आफू निर्वाची भएदेखि अढाई बर्षको अवधिमा थन्किएर बसेका थुप्रै परियोजनाले गति लिएको सांसद चौधरीको दावी छ ।
बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठले नगर भित्रका भूमिहिनलाई पुर्जा दिलाउने कुरामा भूमि आयोग सग नजिकमा रहेर नगरपालिकाले समन्वय गर्दै आईरहेको उल्लेख गर्दै जग्गा नापजाँचका लागि आवश्यक बजेट समेत विनियोजन गर्दै आईएको उल्लेख गर्नु भयो ।यहि कार्यकालमा नै सबैलाई भु स्वामित्व दिलाउने गरि आफुहरु लागि परेको श्रेष्ठले बताउनु भयो ।
एक कार्यक्रमका बिच आज ४ जना सुकुम्बासी र ९६ जना अव्यवस्थित सुकुम्बासी गरि एक सय जनालाई पुर्जा वितरण गरिएको छ ।जग्गा नापजाँच सगै पुर्जा वितरण कार्यलाई तिव्रताका साथ अघि बढाईएको आयोगका जिल्ला अध्यक्ष लाल बहादुर गुरुङले बताउनु भयो ।

ताजा अपडेट

खोजी गर्नुहोस