नवलपरासीमा दुई बर्षको अवधिमा ६ सय ३७ वटा उद्योग खारेज

नवलपरासी। पश्चिम नवलपरासीमा उद्योग खारेज गर्ने सख्या बढदै गएको छ । घरेलु तथा साना उद्योग कार्यालय नवलपरासीमा उद्योग व्यवासय नयाँ सख्या भन्दा खारेज गर्ने सख्या बढदै गएको हो । जिल्लामा घरेलु कार्यालयमा ०८१।०८२असार मसन्तसम्म ७ सय ३ वटा उद्योग बाणिज्य फर्म व्यवासय दर्ताको भएकोमा जसमध्ये ३ सय ८० उद्योग र बाणिज्य फर्म गरि खारेज भएको घरेलु तथा साना उद्योग कार्यालय नवलपरासीका अधिकृत एवम् सुचना अधिकारी कृष्ण काफ्लेले जानकारी दिए ।

उनका अनुसार गत बर्ष ०८०।०८१ मा ९ सय ३७ वटा उद्योग व्यवासय दर्ताको भएकोमा २ सय ५७ उद्योग खारेज भएको सुचना अधिकारी काफ्ले बताए । नवलपरासीमा दुई बर्षको अवधिमा ६ सय ३७ वटा उद्योग बाणिज्य फर्म खारेज भएको घरेलु तथा साना उद्योग कार्यालयको ताथ्यङ्कमा उल्लेख छ ।

उद्योग बाणिज्य फर्म खारेज हुनेको प्रमुख बैकको चर्को व्याज तिर्न नसकेर र व्यवसायहरु नचलेको तथा आर्थिक बन्दीको कारणले उद्योग व्यवासय खारेज गर्नेको सख्या बृद्धि भएको बताए ।

कार्यालयले ०८१।०८२ मा कुल राजश्व ८८लाख १७ हजार ३ सय ६७ रुपैयाँ संकलन गरेको छ । गतबर्ष ०८०।०८१ असार मसान्तसम्म ८१ लाख ५८ हजार तीन सय ७० रुपैयाँ राजश्व संकलन भएको घरेलु तथा साना उद्योग कार्यालयले तथ्याडक उल्लेख गरेको छ । गतबर्षको तुलनमा यसबर्षको ८ प्रतिशत राजश्वमा संकलनमा बृद्धि देखिएको छ ।

जिल्लामा यस बर्ष २०८१र०८२ को असार मसान्तसम्म ७ सय ३ वटा उद्योग र बाणिज्य व्यवासय दर्ता भएको छ । जसमा ३ सय १७ उद्योग र बाणिज्य ३ सय ८६ गरी ७ सय ३ वटा नयाँ उद्योग बाणिज्य फर्म दर्ता भएको कार्यालयले जनाएको छ । घरेलु तथा साना उद्योग कार्यालयमा गत बर्ष आठ सय ७८ वटा व्यवसाय नयाँ दर्ता भएका थिए ।

सबै भन्दा बढी कृषि तथा पशुपालन फर्महरु दर्ता भएका छन भने बाणिज्य तर्फ किराना तथा खाद्यान्न बिक्री पसलहरु धेरै दर्ता भएका छन । व्यवसाय दर्ता गर्ने व्यवसायीहरु गत बर्ष भन्दा यस बर्ष कम देखिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस