नवलपरासी।यातायात व्यवस्था सेवा कार्यालय नवलपरासीले आ.वा. २०८१।०८२ मा कुल २१ करोड ५० लाख ६९ हजार २० रुपैयाँ राजश्व सङ्कलन गर्न सफल भएको छ । यो गत आर्थिक वर्षको तुलनामा ९ प्रतिशत राजश्वमा वृद्धि भएको छ । आ.व २०८०।०८१ मा २० करोड ३८ लाख ७ हजार १ सय ५६ रुपैयाँ सङ्कलन गरेको थियो ।
ज मध्ये सवारी करबाट १६ करोड १२ लाख ९३ हजार ५ सय ४५ रुपैयाँ,सवारी नवीकरणबाट १ करोड १७ लाख ११ हजार,सवारी चालक अनुमतिपत्रबाट ३ करोड ६८ हजार,रुट परमिट र ईजाजत पत्रबाट ६२ लाख ६५ हजार ६ सय ८० रुपैयाँ र आयकरबाट ५७ लाख ३० हजार ७ सय ९५ रुपैयाँ सङ्कलन गरिएको सूचना अधिकारी कृष्णप्रसाद पौडेलले बताउनु भयो ।
यस कार्यालयले सवारी कर नवीकरण, लुम्बिनी प्रदेश भित्रका रुटपरमिट र जाँचपास नवीकरण लगायतका सेवा प्रदान गदै आएको कार्यालय प्रमुख श्याम लाल न्यौपानेले बताए । यस्तै सवारी चालक अनुमतिपत्र नवीकरण र मोटरसाइकल,स्कुटर,कार र टेम्पो (अटो रिक्साको नयाँ सवारी चालक अनुमतिपत्र वितरण गर्दै आएको उनले जानकारी दिनुभयो ।