सडक भासिएर ट्रक फसेपछी दाउन्ने सडक  अवरुद्ध 

  • hamroaakha
  • / मुख्य समाचार /
  • २०८२ अषाढ २५, बुधबार (२ महिना अघि)
  • १२५ पटक पढिएको
नवलपरासी,पश्चिम् 
पुर्वपश्चिम् राजमार्ग अन्तर्गत दाउन्ने खण्डमा ट्रक सहित सडक भासिएपछी आज बिहान ५ बजेदेखि सडक अवरुद्ध बनेको छ ।
सडक भासिएर बिचमै मालबाहक ट्रक फसेपछि सो खण्ड अवरुद्ध हुदा सवारी आवागमन ठप्प भएको हो ।बर्दघाट नगरपालिका वडा नम्बर ४ स्थिति खुर्सानी खोलामा सडक भासिएको र बिचमा ट्रक फसेपछी आवागमन रोकिएको जिल्ला प्रहरी कार्यालय पश्चिम् नवलपरासी सूचना अधिकारी डिएसपी विरदत्त पन्तले रेडियो नेपाललाई जानकारी दिनुभयो ।अहिले सो ठाउँमा प्रहरी परिचालन भै जेसिबिको सहायताले ट्रक झिक्ने प्रयास भैरहेको पन्तले बताउनु भयो ।
गएरातीको बर्षाले सडक भासिएको छ भने ठाउँ ठाउँमा सडक चिप्लो र हिलाम्य भएको छ ।पानी परेसगै दाउन्ने सडक अवरुद्ध हुँदा कयौ दिन सम्म यात्रुहरू अलपत्र पर्ने गरेका छ्न ।पुर्वी नवलपरासी तर्फ भने कुनै अवरोध नभएको जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस