प्रतापपुर गाउँपालिकाको बजेट : ७६ करोड ३९ लाख ६७ हजार

  • hamroaakha
  • / आर्थिक /
  • २०८२ अषाढ ८, आईतबार (९ घण्टा अघि)
  • ४८ पटक पढिएको

नवलपरासी । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाले १८ औँ गाउँसभा सम्पन्न गरेको छ । आज पालिकाको सभाहलमा गाउँपालिकाले आगामी आर्थिक बर्ष ८२/८३ को निती कार्यक्रम तथा बजेट पारित गदै १८ औँ गाउँसभा सम्पन्न गरेको हो ।

गाउँसभामा निती तथा कार्यक्रम प्रस्तुत गदै पालिका अध्यक्ष उमेशचन्द्र यादवले कृषि स्वास्थ्य शिक्षा खानेपानीका क्षेत्रलाई बिशेष प्रथामिकता दिएको बताउनु भयो । शिक्षा तर्फ माध्यमिक बिद्यलायमा प्राविधिक धारको शिक्षा संचालन गर्ने अध्यक्ष शैक्षिक बेरोजगार कार्र्यक्रम जेहेन्दार गरिब दलित छात्राछात्रहरुलाई छात्रबृत्ति प्रोत्साहन गर्ने प्राबिधिक शिक्षालाई जोड दिएको उल्लेख गर्नु भयो ।
स्वास्थ्य क्षेत्रमा स्वास्थ्य क्षेत्र अवस्था सुधार गर्न एक गाउँ एक स्वास्थ्यकर्मी कार्यक्रम संचालन उपाध्यक्ष कोसेली बितरण कार्यक्रम तथा सुरक्षा निकायसंग समन्वय गरी सुरक्षित प्रतापपुर कार्यक्रम ल्याएको जानकारी दिनुभयो ।

बाल बिवाह नियन्त्रण गर्नका लागि उमेर पुगेका छोरीको विवाह हुदाँ सहुलियत स्वरुप आर्थिक सहयोग प्रदान गर्ने र कृषि क्षेत्रमा किसानलाई बिद्युत मिटर जडान देखी लाग्ने खर्च पालिकाले ब्योहोर्ने, केरा जोन बिकास गर्ने उद्योगतर्फ पाँच लाख भन्दा बढी लागनीमा उद्योग स्थपना गर्ने उद्योगीहरुलाई ५ बर्ष बराबराको पालिकामा लाग्ने सम्पूर्ण कर छुट दिने निती तथा कार्यक्रममा समावेश गरिएको छ ।

मिसन रोजगारी दिगो रोजगारी र उद्यामशिलता प्रवर्द्धन अभियान संचालन गर्ने,प्रत्येक वडामा एक ख्ेलमैदान बनाउने र गाउँपालिका स्तरिय अध्यक्ष कप खेलकुद प्रतियोगिता संचालन गर्ने यादवले बताउनुभयो ।

आर्थिक बर्ष २०८२।८०३ का लागि बजेट प्रस्तुत गदै पालिका उपाध्यक्ष मानकुमारी चौधरीले अगामी आर्थिक बर्ष ७६ करोड ३९ लाख ६७ हजार प्रस्तुत गर्नु भएको छ । कुल बिनियोज मध्ये चालुतर्फ ५२ करोड ५० लाख २२ हजार अर्थात ६८.७२ प्रतिशत र पुँजिगत खर्च तर्फ २३ करोड ८९ लाख ४५ हजार अर्थात कुल बिनियोजनको ३१.२८ प्रतिशतको बजेट उपाध्यक्ष चौधरीले प्रस्तुत गर्नु भयो । पालिकाको आन्तरिक आय ३ करोड रहेको गाउँपालिकाले जानएको छ ।नयाँ बजेटमा पालिकाले केही फरकपन दिन खोजेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस