विद्यार्थीले विद्यालयमै फलाएको तरकारी सँग दिवा खाजा

  • hamroaakha
  • / शिक्षा /
  • २०८२ अषाढ ५, बिहिबार (१० घण्टा अघि)
  • १०८ पटक पढिएको

 

मुक्ति तिवारी
नवलपरासी,पश्चिम्

पश्चिम् नवलपरासीको बर्दघाटमा रहेको एउटा यस्तो विद्यालय जहाँ विद्यार्थीहरुले आफैले फलाएको तरकारी दिवा खाजामा प्रयोग गर्छन ।यो विद्यालयका शिक्षक र विद्यार्थीले गरे के हुँदैन र भन्ने सन्देश समेत दिएका छन ।

बर्दघाट नगरपालिका वडा नम्बर ११ मा रहेको जनता आधारभूत बिद्यालयले यतिबेला विद्यार्थीले नै फलाएको साग सब्जी र तरकारी दिवा खाजाको रुपमा खादै आएका हुन ।

किताबी पढाइमा सीमित बन्दै आएका विद्यार्थीले बिगत ९ महिनादेखि तरकारी खेती मार्फत कृषिको प्रयोगात्मक र व्यावहारिक शिक्षा लिन थालेका छन् । तरकारी खेतीको पूर्व तयारीदेखि खेती लगाउने, रेखदेख गर्ने, रोग र औषधि–उपचारबारे समेत विद्यार्थीहरुमा ज्ञान थपिएको छ ।

तरकारी लगाउनेदेखि पानी हाल्ने, गोडमेल, रेखदेख गर्ने आदि सबै काम विद्यार्थी आफैँले गर्र्दै आएका छन । यसले विद्यार्थी लाई किताबि ज्ञान सगै दैनिक जिवनोपयोगी ज्ञान समेत हासिल भएको छ ।

विद्यालय सगै जोडिएको तर खेर गैरहेको झण्डै ८ कठ्ठा क्षेत्रफलको प्रति जग्गालाई सदुपयोग गरेर तरकारी खेती गरिएको विद्यालयका प्रधानाध्यापक पुर्णकान्त गिरीले बताउनु भयो ।

“अहिले विद्यार्थीहरुमा किताबी ज्ञान मात्रै छ,ब्यवहारिक ज्ञान कमै छ फेरी विद्यार्थी प्राय कृषककै छोराछोरी छन,यसले पनि आफ्ना बुवा आमाले गर्ने कृषि कर्ममा बारेमा पनि बुझुन र सबै विद्यालयमा यसले सकारात्मक संदेश जाओस र प्रेरणा मिलोस भन्ने हो”गिरीले भन्नू भयो ।अघिल्लो बर्ष वडाले समेत गोबर मलका लागि एक लाख रुपैयाँ दिएको र सबै तरकारी अर्गानिक रुपमा नै उत्पादन गरिएको उहाँले बताउनु भयो ।खिर,चिउरा भुजा लगायतका खाजाहरु बन्ने गरेको र हरेक दिवा खाजामा विद्यालयमै फलेका तरकारी,अचार नियमित बनाईने गिरिको भनाई छ ।

तकारी खेतिमा सबै शिक्षकहरु पनि अग्रसर रहेका छन ।विद्यार्थीलाई बढी भएको तरकारी केही बिक्रि गरिन्छ भने स्थानीयहरुलाई समेत तरकारी दिने गरिएको छ ।अहिले बारीमा लौका,करेला,भिण्डि,भन्टा फलेका छन ।विद्यालयमा आउने केही अविभावक र स्थानियलाई तरकारी कोसेलिको रुपमा समेत दिईदै आईएको छ ।”सुरुमा त मलाई खिसीटिउरी गरे,पढाउन छोडेर यस्तो गर्यो भने, विद्यार्थीको श्रम शोषण गर्यो भने तर मेरो उदेश्य विद्यार्थीलाई ब्यवहारिक ज्ञान पनि आवश्यक छ भन्ने नै हो”प्रधानाध्यापक गिरीले भन्नू भयो ।नगरप्रमुखले समेत यो कार्यलाई खुलेर प्रोत्साहन गर्दै आउनु भएको गिरिको भनाई छ ।


नगरप्रमुख शम्भुलाल श्रेष्ठले विद्यार्थीहरुलाई यस्तो खालको ज्ञान सबै विद्यालयहरुले सिकाउन आवस्यक रहेको बताउनु भयो ।विद्यार्थीको यो पृथक मेहनतले अरु विद्यालय र आम अविभावकलाई समेत सकारात्मक सन्देश दिएको बताउनु भयो ।

“हामिले विद्यालयको पुर्वाधार र भौतिक बिकासमा मात्रै जोड दिन्छौ तर विद्यालयको गुणस्तर र विद्यार्थीको अतिरिक्त सिकाई उपलब्धिलाई खासै महत्व दिँदैनौ,बिकास सगै यस्ता सबै क्रियाकलापहरु अब जरुरी छ”नगरप्रमुख श्रेष्ठले भन्नू भयो ।हामि कृषि प्रधान देश भन्छौ अधिकाङ्स कृषककै छोराछोरी छन अहिलेको पुस्तालाई र भावि कर्णधारलाई कृषि कसरी हुन्छ,आफ्ना बाउबाजेले कसरी कृषि गरे भन्ने जानकारी दिन पनि आवश्यक छ”नगर प्रमुख श्रेष्ठको भनाई छ ।नगरपालिकाले तरकारी खेतीको सहजताका लागि विद्यालयलाई हाते ट्र्याक्टर उपलब्ध गराएको छ ।

पढ्दै र सिक्दै भन्ने अभियानको सुरुवात गर्नुपर्छ भन्ने ध्येयका साथ फरक अभ्यास गरिँदै आएको विद्यालयले जनाएको छ ।विद्यालयमा हाल १ सय ५०  बढी विद्यार्थी रहेका छन ।

ताजा अपडेट

खोजी गर्नुहोस