पश्चिम नवलपरासीको सुनवलमा श्रावणी महामहोत्सवको तयारी सुरु

  • hamroaakha
  • / कला/संस्कृति /
  • २०८२ अषाढ ४, बुधबार (१४ घण्टा अघि)
  • ८५ पटक पढिएको

नवलपरासी । पश्चिम नवलपरासीको सुनवल–१०, खकरिवारीमा ‘श्रावणी महामहोत्सव–२०८२’ लाई सफल बनाउन तयारी सुरु गरिएको छ। सनातन धर्म, राष्ट्र कल्याण र विश्व शान्तिको उद्देश्यसहित श्रावण महिनाको अवसरमा आयोजना हुने यस महोत्सवले स्थानीयवासीहरूबीच धार्मिक आस्था, सांस्कृतिक पहिचान र सामाजिक एकताको सन्देश फैलाउने विश्वास गरिएको छ।

महोत्सवमा विभिन्न धार्मिक अनुष्ठानहरू, सांस्कृतिक कार्यक्रमहरू, भजन–कीर्तन, प्रवचन तथा सामूहिक पूजा–आराधना लगायतका कार्यक्रमहरू आयोजना गरिने छन्। महोत्सवमा चर्चित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त कथा वाचक राधिका दासी लगायत सयभन्दा बढी कथा वाचकहरूले कथा वाचन गर्ने ॐकारेश्वर राष्ट्र कल्याण विश्व शान्ति श्रावणी महामहोत्सव २०८२ का सङ्कल्पकर्ता बालव्यास श्रवणकुमार न्यौपानेले जानकारी दिए ।

महोत्सवको समुद्घाटन समारोहमा हेलिकप्टरबाट पुष्पवृष्टि गरिने महोत्सवका सङ्कल्पकर्ता बालव्यास श्रवणकुमार न्यौपानेले जानकारी दिए । सुनवल नगरपालिका संरक्षक, ग्रेस इन्टरनेसनल कन्सल्टेन्सी को सहयोग साथै विभिन्न सङ्घ–संस्थाहरूको समन्वय र सक्रियतामा हुने महोत्सवले धार्मिक पर्यटन प्रवर्द्धनमा समेत टेवा पुर्‍याउने अपेक्षा गरिएको श्रावणी महामहोत्सव २०८२ का संयोजक विष्णु पौडेलले बताए।

महामहोत्सवले सुनवल क्षेत्रको धार्मिक, सांस्कृतिक र सामाजिक जीवनमा नयाँ ऊर्जा थप्ने विश्वास गरिएको महोत्सवका सहसंयोजक रमेश कर्मचारीले बताए। एक महिनासम्म सञ्चालन हुने महामहोत्सवमा ज्येष्ठ नागरिक सम्मान, वक्तृत्वकला प्रतियोगिता साथै भजन प्रतियोगिता जस्ता कार्यक्रमहरू पनि आयोजना गरिने आयोजकले जनाएको छ।

स्थानीयवासीहरू, छिमेकी पालिकाहरू र जिल्लाहरूबाट समेत सक्रिय सहभागिता रहने अपेक्षा गरिएको यस महोत्सवले सुनवल क्षेत्रको धार्मिक, सांस्कृतिक र सामाजिक जीवनमा नयाँ ऊर्जा थप्ने विश्वास गरिएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस