बर्दघाट बाट मूर्ति सहित ३० लाख बराबरका अवैध सामान बरामद

  • hamroaakha
  • / मुख्य समाचार /
  • २०८२ जेष्ठ २१, बुधबार (३ महिना अघि)
  • १८५ पटक पढिएको

नवलपरासी,पश्चिम्

प्रहरीले पश्चिम् नवलपरासीको बर्दघाट बाट पित्तलका मूर्तिसहित भन्सार छली गरेर ल्याएका साढे ३० लाख बराबरको अवैध सामान बरामद गरेको छ ।मूर्ती सहित मोबाईलका सामाग्री समेत बरामद गरिएको छ ।

बर्दघाट नगरपालिका वडा नम्बर ६ स्थित बेतहानीबाट उक्त समानहरु बरामद भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी वीरदत्त पन्तले जानकारी दिनुभयो ।

१५ लाख बराबरको मोबाइल ग्लास,८ लाख बराबरको एयर फोन र ६ लाख बराबरको मोबाइलको एयर पड र मोबाईल कभर रहेका छन् । भने त्यसैगरी एक लाख ६३ हजार बराबरका ३७५ थान भगवानका विभिन्न आकृतिका पित्तलका मूर्ति रहेको पन्तले जानकारी दिनुभयो ।

सडक किनारमा प्लाष्टिकमा राखेको बेवारिसे अवस्थामा सामाग्री बरामद भएको प्रहरीले जनाएको छ ।

मंगलबार राति बरामद भएका सबै सामानलाई थप कारबाहीका लागि महेशपुर भन्सार कार्यालयमा पठाइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस