नवलपरासी/बर्दघाट
बर्दघाट जेसिजले नवजीवन मावि वर्दघाट ४ मा तरकारी बालिका लागि नर्सरि बनाउने तालिम को आज पहिलो सत्रको तालिम सम्पन्न गरेको छ्।
कार्यक्रम मा बोल्दै नवजीवन माविका प्रधानाध्यापक कमल अर्यालले वर्दघाट जेसीजको शिर्जनशिल कार्यक्रम हरु को प्रशंसा गर्दै अगामी दिनहरुमा पनि आफ्नो विद्यालय संग सहकार्य गर्न आग्रह गर्नुभयो ।
कार्यक्रम मा बोल्दै बर्दघाट जेसिज बर्स २०२५ क अध्यक्ष जेसि सापकोटाले आफु पनि सामुदायिक बिधालयकै बिधार्थि रहेकाले आफु सधै सामुदायिक बिधालय कै उन्नयन मा ध्यान दिइरहेको र जेसिज बाट दिने तालिमहरुमा सामुदायिक बिधालय हरुमा केन्दृत गरेको बताउनुभयो। साथै युवाहरुको ब्यवक्तित्व नेतृत्व र ब्यवसायिक बिकासमा तल्लिन रहेको बताउनु भएको थियो।किताबि ज्ञान मात्रै नभै विद्यार्थीहरुलाई यस्ता दैनिक जिवनउपयोगि तालिम समेत आवस्यक रहने सापकोटाको भनाई छ ।
मुख्य प्रशिक्षक को रुपमा कृषी विज्ञ जेसी खुमाकान्त न्यौपाने हुनुहुन्यो । तालिम बर्दघाट जेसिज बर्स २०२५ का अध्यक्ष जेसि मोहन सापकोटाको अध्यक्षता र EVP जेसि महेन्द्र गौतमको सन्चालन रहेको थियो।