नवलपरासी,पश्चिम्
अचानक आएको हावाहुरीले रुख ढल्दा च्यापिएर दुई जनाको मृत्यु भएको छ । सुनवल नगरपालिका–७ चारपालामा २ जनाको मृत्यु भएको हो।दुर्घटनामा परि मृत्यु हुनेमा सुनवल ७ निवासी ३० वर्षिया मिरा वयम्बु र सोही वडाका ४० वर्षिय दुर्गाबहादुर पुन रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
दुर्घटनामा परि ३ जना घाइते भएका छन् । घाइते हुनेमा स्थानीय नर्मा परियार, दुर्गा खाम्चा रहेको र एकजनाको परिचय नखुलेको प्रहरीले जनाएको छ । घाइतेलाई उपचारका लागि भलुही मेडिकल कलेज पठाइएको छ । उनिहरुको पनि अवस्था सामान्य नरहेको प्रहरीको भनाई छ ।
प्रहरीले स्थानीयहरुको सहयोगमा जेसिवि, क्रेन, लोडर, चेन स लयाएतका उद्धार सामग्रिको प्रयोग गरि ढलेको रुख हटाउने कार्य गरिरहेको छ । उद्धार कार्य सकिएपछि मात्र घटनाको यकिन विवरण प्राप्त हुने प्रहरीको भनाई छ।
हावा हुरीसहित आएको पानीबाट जोगिन उनीहरु प्रतीक्षालयमा ओत लागेका थिए।तर प्रतिक्षालयमामाथी नै रुख ढलेपछि मानवीय क्षती भएको प्रत्यक्षदर्शिको भनाई छ ।