सुख्खा पहिरोले अवरुद्ध दाउन्ने सडक दुईतर्फी सञ्चालन

  • hamroaakha
  • / मुख्य समाचार /
  • २०८२ बैशाख १०, बुधबार (६ दिन अघि)
  • ७९ पटक पढिएको

नवलपरासी-बर्दघाट । सुक्खा पहिरोका कारण अवरुद्ध भएको नारायणगढ–बुटवल सडक दुईतर्फी सञ्चालनमा आएको छ ।

नवलपरासी(बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्ने क्षेत्रमा मङ्गलबार दिउँसो बिश्वकर्मा मन्दिर नजिकै सुक्खा पहिरो खसेर अवरुद्ध भएको सडक आज बिहान ५ बजेदेखि देखि दुईतर्फी नै सञ्चालनमा आएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी कार्यालय पुर्वी नवलपरासीका अनुसार सुक्खा पहिरो खसिरहेका कारण आवतजावत रोकेर पहिरो पन्साइएको थियो ।सडक अवरुद्ध हुँदा सयौँ सवारीसाधन बाटोमा अलपत्र परेका थिए ।

हाल दाउन्ने खण्डमा राति ११ः०० देखि बिहान ५ः०० बजेसम्म सवारी आवागमन रोकेर सडक विस्तार भइरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस