नवलपरासी
मानिसहरुको बदलिँदो जिवनशैली,अस्वस्थकर खानपानका कारण अहिले विभिन्न रोगहरु देखा पर्ने गरेका छन ।शारीरिक र मानसिक रुपमा स्वस्फूर्त रगन योग अहपरीहार्य बन्दै गैरहेको योग साधकहरुको भनाई छ ।पछिल्लो समय विभिन्न ठाउँहरुमा योग शिविर सञ्चालन हुँदै समेत आईरहेका छ्न ।
त्रिनेत्र जेष्ठ नागरिक दिवा सेवा केन्द्रको आयोजना र बर्दघाट नगरपालिकाको सहकार्यमा ५ दिने निशुल्क योग शिविरको आयोजना गरिएको छ ।आम मानिसमा योगाभ्यास प्रती जागरुक बनाउन शिविर आयोजना गरिएको हो ।बर्दघाट नगरपालिकाले नीति तथा कार्यक्रममै समेटेर विभिन्न वडाहरुमा योग शिविर सञ्चालन गर्दै आईरहेको छ ।
अहिले नसर्ने रोगहरुको जोखिम बढिरहेको अवस्थामा योगबाट यस्ता रोगहरुको जोखिम कम गर्न, तनावमुक्त जीवन जिउन प्रेरित गर्ने र स्वस्थ्य नगर निर्माण गर्ने उद्देश्य सहित योग शिविरहरु सञ्चालन गरिएको बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठले बताउनु भयो ।नगर प्रवक्ता सन्त बहादुर गाहाले योग प्रती सवैलाई जागरुक बनाउन यस्ता शिविरहरु निरन्तर चलिरहनु पर्ने उल्लेख गर्नु भयो ।
पाँच दिन सम्म चल्ने शिविरमा पतञ्जली योग समिति नवलपरासी जिल्ला कोषाध्यक्ष्य एवम् पतञ्जली योग समिति त्रिनेत्रधाम बर्दघाट नगर अध्यक्ष योग साधक नरेश पंगेनीले सहभागीहरुलाई प्रयोगात्मक प्रशिक्षण दिदै हरेक अविभावकहरुले बालबालिकाकालाई दैनिक रुपमा योगाभ्यास गराउनु पर्ने बताउनु भयो ।
बर्दघाट नगरपालिका वडा नम्बर १४ को कार्यालय परिसरमा संचालित योग बिज्ञान शिविर आउदो शनिवार सम्म बिहान ५बजे देखि सुरु हुने र यसमा सबैलाई उपस्थितिका लागि आह्वान गरिएको आयोजकले जनाएको छ ।योगलाई हरेक घरघरमा पुर्याउनु आवश्यक रहेको साधकहरुको भनाई छ । कार्यकम सञ्चालन आयोजक सस्थाका प्रकाश श्रेष्ठले गर्नु भएको थियो ।