त्रिनेत्र धाममा संचालित योग शिविर सम्पन्न

  • hamroaakha
  • / प्रदेश /
  • २०८१ बैशाख २८, शुक्रबार (११ महिना अघि)
  • ४५ पटक पढिएको

२८ बैशाख, नवलपरासी । त्रिनेत्र जेष्ठ नागरिक दिवा सेवा केन्द्रको आयोजनामा संचालित ५ दिने निशुल्क योग विज्ञान शिविरको समापन भएको छ । बैशाख २४ गते बाट सुरु भएको शिविरको शुक्रबार समापन गरिएको हो ।

समापन कार्यक्रममा बोल्दै बर्दघाट नगरपालिकाका नगर प्रमुख सम्भुलाल श्रेष्ठले शिविर सभ्य र भब्य रुपमा सफल गराएकोमा धन्यबाद ब्यक्त गर्नुभएको थियो । उहाँले मानव स्वास्थ्यका लागि योग अभिन्न अंगको रुपमा रहेको बताउँदै योगको महत्वलाई ब्यापक रुपमा फैलाउन सक्नुपर्ने धारणा राख्नुभएको थियो । उहाँले आगामि दिनमा नगरपालिकाले वडा वडामा योग केन्द्र संचालनका लागि आवश्यक सहयोग उपलब्ध गराउने बताउनुभएको थियो ।

समापन कार्यक्रममा योग विज्ञान शिविरलाई सम्पन्न गराउनका लागि विभिन्न क्षेत्रबाट भुमिका खेल्नेहरुलाई सम्मान गरिएको थियो । पतञ्जली योग समिति त्रिनेत्रधाममा आबद्ध भएर निरन्तर योग साधनामा जोडिएकाहरुलाई पनि प्रमाणपत्र प्रदान गरिएको थियो । शिविर बर्दघाट नगरपालिकाको संरक्षकत्व र पतञ्जली योग समिति त्रिनेत्र धामको सहकार्यमा संचालन गरिएको थियो ।

शिविर सम्पन्न भए पनि दैनिक रुपमा संचालन हुने योग अभ्यास भने निरन्तर रहने समितिका संयोजक नरेश पंगेनीले बताउनुभयो । त्रिनेत्रधाममा २०७६ साल देखी नियमित रुपमा योग अभ्यास संचालन हुँदै आएको छ भने हरेक बर्ष शिविर समेत संचालन हुँदै आएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस