नवलपरासी,पश्चिम्
माधव कुमार नेपाल नेतृत्वको एकीकृत समाजबादी पार्टी नवलपरासी पश्चिमको अध्यक्षमा कुमार आले चयन हुनु भएको छ ।जिल्लाको आठौं अधिवेशनबाट अध्यक्षमा आले सर्वसम्मत चयन हुनु भएको हो ।आले यस अघि पार्टीको जिल्ला कमिटिको सचिव पदमा रहनु भएको थियो ।
आलेको अध्यक्षतामा ५१ सदस्यीय जिल्ला कमिटी चयन भएको छ ।यसैगरी उपाध्यक्षमा धनन्जय पौडेल र सचिवमा बिष्णु बराल चयन हुनु भएको छ ।
समाजबादी पार्टीका नेता एवम् पुर्व मन्त्री मेटमणी चौधरीको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको हो ।अधिवेशन उद्घाटन समारोहमा बोल्दै चौधरीले मुलुकको ब्यवस्था परिवर्तन भएपनी अवस्था परिवर्तन नभएको हुँदा संविधानलाई अक्षरश कार्यान्वयन गर्नु पर्ने उल्लेख गर्नु भयो । सरकारले अहिले जनअपेक्षा अनुरुप काम गर्न नसकेको उहाँले बताउनु भयो ।
नेतृ रामकुमारी झाक्रीले राजनीतिलाई नयाँ पिढिमा हस्तान्तरण गर्दै जानू पर्नेमा जोड दिनुभयो । देशमा ब्याप्त भ्रष्टाचारको छानबिन उपल्लो तहका नेतृत्वबाटै हुनु पर्ने उहाँको भनाई थियो ।
बर्दघाटमा आयोजित कार्यक्रममा पार्टीका विभिन्न तहका नेतृत्वहरुको सहभागीता रहेको थियो ।