बर्दघाट
रामनवमीको अवसरमा बर्दघाट नगरपालिका वडा नम्बर १६ मा रहेको बनदेवी मन्दिरमा चैते दशै मेला लागेको छ ।१७ गते बाट सुरु भएको मेला आज समापन भएको छ ।
बर्दघाट नगरपालिकाको धार्मिक पर्यटकीय स्थलका रुपमा रहेको बनदेवी मन्दीरमा हरेक बर्ष मेला लाग्ने गरेको भएपनी प्रचार प्रसार हुन नसकेको मन्दिर बिकास समितीका अध्यक्ष डोलमान बुढा मगरले बताउनु भयो ।
अष्टमीका दिन मन्दिरमा बलि दिने र आज समेत दर्शन गर्ने भक्तजनको उल्लेख सहभागीता रहेको थियो ।पछिल्लो समय बर्दघाट नगरपालिकाले यसको प्रवर्द्धन ,बिकास र सौन्दर्यिकरणको काम गर्दै आईरहेको र वडा बाट पनि प्रत्येक बर्ष बजेट बिनियोजन हुँदै आईरहेको वडा अध्यक्ष भिमकाजी गुरुङले बताउनु भयो ।
विशेष गरेर यस क्षेत्रका थारु समुदायले पाकेको अन्नबाली सुरुमा बनदेवी मन्दिरमा चढाएर मात्रै आफुहरुले खाने गरेको मन्दिरका अध्यक्ष डोलमान मगरले बताउनु भयो ।अहिले गहुको सिजन भएकोले थारु समुदायले गहुँ चढाएको उहाँले बताउनु भयो ।
चैते दशैको अवसरमा मन्दिर परिसरमा विभिन्न स्थानिय भजन मन्डलीहरुले भजन कृतन समेत गरेका छ्न ।यतिबेला मन्दीर परिसरमा पोखरी निर्माणादिन अवस्थामा रहेको छ ।
यसलाई थप ब्यवस्थित र प्रवर्द्धन गर्दै लैजाने र यश क्षेत्रकै महत्वपूर्ण धार्मिक स्थलको रुपमा बिकास गर्ने लक्ष्य रहेको बताउदै वडा अध्यक्ष भिमकाजी गुरुङले स्थानिय सञ्चार माध्यमहरुले यसको ऎतिहासिकताका बारेमा प्रचार प्रसारमा सहयोग गरिदिन समेत आग्रह गर्नु भयो ।
केही दिन अघि बर्दघाट प्रज्ञा प्रतिष्ठानले आन्तरिक तथा भारतीय साहित्यकर्मी हरुलाई बनदेवी मन्दिरको अवलोकन गराएको थियो ।