रुपन्देहीमा एसईई दिने नक्कली विद्यार्थी पक्राउ

  • hamroaakha
  • / मुख्य समाचार /
  • २०८१ चैत्र ६, बिहिबार (५ महिना अघि)
  • ११७ पटक पढिएको

रूपन्देही जिल्लाको श्री लीलाराम न्यौपाने माध्यमिक विद्यालयमा एसइई दिने क्रममा निरीक्षणका क्रममा नक्कली विद्यार्थी फेला परी पक्राउ परेका छन् ।

एसइई उत्तीर्ण भइसकेका आशिष बनियाले सन्जय चौधरीको नाममा परिक्षा दिन आएको सिद्धार्थ नगर नगरपालिका वडा नं ८ मा रहेको श्री लीलाराम न्यौपाने माविका परिक्षा निरीक्षक अब्दुल रहमान खानले बताए ।

सन्जय चौधरी विद्यार्थी सु—संस्कृत माविका विद्यार्थी हुन उनको नाममा परिक्षा दिन आएका बनिया पोहोर साल पास भएका अहिले ११ कक्षामा तिलोत्तमा स्थित शान्तिनमुना माविमा अध्ययन गरिरहेको परिक्षा निरीक्षक अब्दुल रहमान खानले बताए ।

उसको परिक्षापनि रद्ध हुन्छ परिक्षा दिने र गराउनेलाई कानुन अनुसार कारबाही हुने छ खानले भने ।

श्री लीलाराम न्यौपाने माध्यमिक विद्यालयका केन्द्राध्यक्ष रुप कुमार रायमाझीले खोज तलासका क्रममा नक्कली विद्यार्थी ठहर भएको बताए । आवश्यक कारबाहीका लागि रास्ट्रिय परिक्षा केन्द्र र जिल्ला प्रहरी लाई जानकारी गराइएको हाल नक्कली विद्यार्थी प्रहरीले पक्राउ गरेको रायमाझीले बताए ।
जिल्ला शिक्षा समन्वय इकाई रुपन्देही प्रमुख माधव बन्जाडेले एक जना नक्कली परीक्षार्थी भेटिएको र रूपन्देही जिल्लाका अन्यत्र स्थानमा शान्तिपूर्ण ढङ्गले परीक्षा चलिरहेको बताए ।

नक्कली परिक्षा दिने विद्यार्थी आसिस बनिया हाल जिल्ला प्रहरी कार्यालय रूपन्देहीको नियन्त्रणमा रहेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस