शितलहरका कारण बर्दघाटका विद्यालयहरू तीन दिन बिदा

  • hamroaakha
  • / शिक्षा /
  • २०८१ पौष २४, बुधबार (८ महिना अघि)
  • ९२ पटक पढिएको

नवलपरासी,पश्चिम्

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाटमा रहेका विद्यालयहरू शितलहरका कारण बिदा गरिएको छ । नगर प्रमुख शम्भुलाल श्रेष्ठले शितलहरका कारण ३ दिन विद्यालय बिदा गरिएको बताउनु भयो ।

“चिसोले विद्यार्थीहरु बिरामी नै हुनेहुन कि भन्ने डर छ,अविभावकहरुको पनि मनसाय बुझेर बिदा निदे निर्णय गरेका हौ,शितलहर बाट प्रभावित समुदायलाई न्यानो कपडा बितरण पनि गर्दै छौ”नगर प्रमुख श्रेष्ठले भन्नू भयो ।

सोमबार राति देखी परेको शितलहरले जनजीवन कष्टकर बनिरहेको छ । शितलहरले गर्दा निरन्तर बढेको चिसो बढेकाले बर्दघाटका सम्पूर्ण विद्यालय २४, २५ र २६ गते बिदा गरिएको श्रेष्ठले उल्लेख गर्नु भयो । शीतलहर र अत्यधिक जाडोका कारण विद्यार्थीको पठनपाठन प्रभावित हुने देखिएकाले शैक्षिक विद्यालय बिदा गरिएको नगरले जनाएको छ ।

शैक्षिक क्यालेन्डरमा रहेको परिस्थितिजन्य बिदाबाट कट्टी हुने गरी ३ दिनको लागि पठनपाठन बन्द गरिएको शिक्षा शाखाले बताएको छ ।नगरपालिकामा ३७ वटा सामुदायिक बिद्यालय रहेका छन ।

ताजा अपडेट

खोजी गर्नुहोस