बर्दघाट बाट भन्सार छली ल्याईएका १७ लाख बराबरको मोबाइलका सामान बरामद

  • hamroaakha
  • / मुख्य समाचार /
  • २०८१ मंसिर १५, शनिबार (९ महिना अघि)
  • २०२ पटक पढिएको

 

परासी —पश्चिम नवलपरासीको बर्दघाटबाट भन्सार छली गरेर नेपाल ल्याइएको १७ लाख बराबरको सामान बरामद भएको छ ।

सशस्त्र प्रहरी बलको टोलीले बर्दघाट नगरपालिका-८ स्थित एक घरमा छापा मारेर सामान बरामद गरेको हो । गोदामको रुपमा प्रयोग गरिएको घरमा अवैध सामान भण्डारण भएको सूचनाको आधारमा छापा मार्दा विभिन्न ब्रान्डका मोबाइलमा प्रयोग हुने सामान, घडीजस्ता सामग्री बरामद गरेको सशस्त्र प्रहरी बल २६ नम्बर गणका प्रमुख प्रकाश वाग्लेले बताउनुभयो।

बरामद भएको सामान महेसपुर भन्सार कार्यालयमा बुझाइने छ । विभिन्न १४ प्रकारका सामान रहेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस