५० हजारको पटाका नष्ट

  • hamroaakha
  • / मुख्य समाचार /
  • २०८१ कार्तिक २७, मंगलबार (५ महिना अघि)
  • ८१ पटक पढिएको

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले चाडपर्वको समयमा बरामद भएका पटका नष्ट गरेको छ । जिल्लाका विभिन्न स्थानबाट अवैध रुपमा आयात गरिएका पटका सरोकारवालाहरुको रोहवरमा जिल्ला प्रहरी कार्यालय परिसरमा नष्ट गरिएको सुचना अधिकारी डिएसपी रेशम बोहोराले जानकारी दिनुभयो ।

विशेष गरी तिहारको समयमा पड्काउन तथा विक्रि वितरणका लागी खुल्ला सिमानाको फाईदा उठाउदै भारतबाट पटका नेपाल भित्रिएको थियो । सो क्रममा प्रहरीले बरामद गरेका केहि पटका नष्ट गरिएको हो । झन्डै ५० हजार बराबरको विभिन्न प्रकारका पटका नष्ट गरिएको छ । सानो आवाजमा पड्कने देखि ठुलो आवाजमा क्षति पुर्याउने सम्मका पटका प्रहरीले बरामद गरेको थियो । यस वर्ष भारतबाट खुल्लमखुल्ला पटका ल्याएर नेपालमा विक्रि वितरण गरिएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस