नवलपरासी,पश्चिम्
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नं ८ मा अजिङ्गर फेला परेको छ । स्थानिय विष्णु कुमारी चौधरीको घरमा भेटिएको अजिङ्गरको करिब १५ फुट लम्बाई२२ किलो तौल रहेको उद्दारकर्मीले जनाएका छन् ।
अजिङ्गरको बर्दघाट नगरपालिकाका सर्प उद्दारकर्मी दुर्मा लामिछानेले उद्दार गरेका हुन ।केहि दिन अघि मात्रै बर्दघाटमा राज गोमन फेला परेको थियो ।पछिल्लो सपय दिनानुजसो बर्दघाट क्षेत्रमा गोमन,करेत,रसेल्स भाईपर र अजिङ्गर प्रजातिका सर्पहरु फेला पर्ने क्रम बढ्दो छ।उद्दारपछि उक्त अजिङ्गरलाई निकुञ्ज परिसरमा छोडिएको छ ।
हाल सम्म झन्डै ३ सय सर्पको उद्दार गरिसकिएको उद्दारकर्ता लामिछानेको भनाई छ ।सर्प उद्दार सगै आम नागरिक सर्पदङ्सको जोखिम बाट समेत बचेका छ्न ।उद्दारकर्मी लामिछाने सगै स्थानिय युवाहरूले पनि सर्प पर्यावरणका लागि आवश्यक छ भन्ने जनचेतना समेत जगाउदै आईरहेका छन ।लामिछानेलाई बर्दघाट नगरपालिकाले प्रोत्साहन भत्ता उपलब्ध गराउदै आएको छ।