नवलपरासी,पश्चिम्
पश्चिम नवलपरासीको बर्दघाटमा फेला परेको १२ फिट लामो लोपोन्मुख अजिङ्गरलाई बर्दघाट नगरपालिकाका सर्प उद्धारकर्ता दुर्गा लामिछानेको सहयोगमा नेपाली सेनाको सहभागीतामा चितवन राष्ट्रिय निकुञ्जमा छोडिएको छ
बिहीवार बर्दघाट नगरपालिका ५ स्थित होमकुमारी थापाको घरमा फेला परेको अजिंगरलाई सर्प उद्धारकर्ता दुर्गा लामिछानेको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।
केही दिन अगाडि बर्दघाटमा नै लोपोन्मुख राज गोमन फेला परेको थियो । निकै दुलर्भ मानिने राज गोमनलाई भारतका चर्चित सर्प उद्धारकर्ता मुरलीवाले हौसला सहितको उपस्थितिमा नियन्त्रणमा लिएर सुरक्षित स्थानमा छाडिएको थियो ।
बर्दघाट क्षेत्रमा पछिल्लो समय लोपोन्मुख सर्प देखिन थालेका छन् । एक महिना अगाडि बर्दघाटमा अति विषालु रसल भाइपर स्नेक (बाघे सर्प) भेटिएको थियो । यो सर्प लुम्बिनी प्रदेशको तराई भेगमा केही मात्रामा मात्र भेटिने गर्दछ । बर्दघाट-७ बेलहानीमा यो सर्प भेटिएको हो ।
स्थानीयले अजिंगर भनेर सर्प उद्धारकर्ता दुर्गा लामिछानेलाई बोलाएका थिए । हालसम्म ३ सय हाराहारीमा सर्पको उद्दार गरेको लामिछानेको भनाई छ ।सर्पको उद्दार सगै आम नगरबासिको जिउ ज्यानको समेत रक्षा भएको बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठले बताउनुभयो।नगरपालिकाले सर्प उद्दारकर्ता लामिछानेलाई प्रोत्साहन भत्ता समेत उपलब्ध गराउदै आएको छ ।