सहकारीको रकम अपचलनमा पक्राउ परेका पुर्व डिआईजी जोशीलाई बुटवल ल्याईयो

  • hamroaakha
  • / मुख्य समाचार /
  • २०८१ कार्तिक ५, सोमबार (१० महिना अघि)
  • ८४ पटक पढिएको

बुटवल

सहकारीको रकम हिनामिना प्रकरणमा तानिएका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई रुपन्देही ल्याईएको छ।

सूर्यदर्शन सहकारीसँगै बुटवलमा रहेको सुप्रिम सहकारी ठगी प्रकरणमा समेत अनुसन्धान गर्नुपर्ने भएकाले उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीले रुपन्देही आज सोमबार रुपन्देही ल्याइको हो।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीकी सूचना अधिकारी प्रहरी नायव उपरिक्षक (डिएसपी) लक्ष्मी खनालले पोखराबाट जहाजमार्फत रुपन्देही ल्याईएको बताइन्।

सुप्रिम सहकारीको रकम अपलचन प्रकरणमा बयानका लागि जोशीलाई रुपन्देही ल्याइएको र अहिले उनको बयानका लागि ईलाका प्रहरी कार्यालय बुटवलमा पठाईएको डिएसपी खनालले जानकारी दिईन्। आज मात्रै वहांलाई रुपन्देही ल्याईएको हो भोली मंगलबार बाट यहां बयान सकिए पछि पुनः पोखरा पठाउने हो डिएसपी खनालले भनिन्।

गोरखा मिडिया नेटवर्कमा जीबी राई र रवि लामिछानेका तत्कालीन साझेदार जोशी गत असोज ६ गते पक्राउ परेका थिए। संसदको सहकारीको रकम हिनामिना सम्वन्धमा छानविन गर्न गठित सुर्य थापा नेतृत्वको संसदीय बिशेष समितीले जोशीलाई सहकारीको रकम हिनामिना प्रकरणमा दोषी देखाएको थियो।

ताजा अपडेट

खोजी गर्नुहोस