दशैँपछि भूमि आयोग गठन,सहकारीलाई कारवाही प्रक्रिया सुरु:मन्त्री अधिकारी

  • hamroaakha
  • / मुख्य समाचार /
  • २०८१ आश्विन २०, आईतबार (६ महिना अघि)
  • ११५ पटक पढिएको

परासी। नेपाल सरकारका भूमि व्यवस्था तथा सहकारीमन्त्री बलराम अधिकारीले सरकारले अधिकार सम्पन्न भूमि आयोग गठन गरि जग्गा समस्या समाधान गर्ने गरि अघि बढेको बताउनुभएको छ।

नेकपा एमाले जिल्ला कमिटी पश्चिम नवलपरासीले आज परासीमा गरेको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले दशैँ लगत्तै भूमि आयोगको केन्द्रीय समिति र तिहार पछि जिल्ला समितिहरु गठन गर्ने तयारी भईरहेको जनाउनुभयो।

“२०५२ सालमा गठित आयोगलाई सम्पूर्ण अधिकार थियो तर त्यसपछिका आयोगलाई ऐलानी र ८ नम्बर पर्ति बाडँने मात्र अधिकार छ, भूमिहीन जहाँ बसेका छन् त्यहाँको जग्गाको पूर्जा दिने अधिकार नै छैन्, त्यसका लागि कानून संशोधनको विकल्प छैन्,सरकार त्यसमा लागिरहेको छ”, मन्त्री अधिकारीले भन्नू भयो ।

उनले  विगतमा बनेका आयोगहरुलाई पर्याप्त अधिकार नहुँदा भूमि समस्या समाधान हुन नसकेकोले यसपटक अधिकार सम्पन्न भूमि आयोग गठन हुने बताउनु भयो ।

आयोग गठनका लागि गठन आदेश स्विकृतिको प्रक्रिया थालिएको बताउँदै भूमि समस्याको दिगो समाधानका लागि भूमि सम्बन्धि कानूनहरु संशोधन गर्नुपर्ने आवश्यकता देखिएको मन्त्री अधिकारीको भनाई थियो ।

मन्त्री अधिकारीले समस्याग्रस्त सहकारीहरुलाई कारवाहीको प्रक्रिया थालिएको समेत बताए । देशभर सञ्चालित राम्रा र समस्याग्रस्त सहकारी छनौट गर्न लगाई २२ वटा समस्याग्रस्त सहकारीलाई कारवाही अगाडि बढाईएको उनकाे भनाई थियोे  । सबै सहकारीलाई एउटै डालोमा राखेर बचत पनि गर्न छोड्ने र ऋण लिएकाले तिर्न नखोज्ने प्रवृत्ति भने गलत भएको मन्त्री अधिकारीले बताउनुभयो ।

 

 

ताजा अपडेट

खोजी गर्नुहोस