नवलपरासी,पश्चिम्
मोटरसाइकल र साईलल एकआपसमा ठक्करबाट बर्दघाटमा एक जनाको मृत्यु भएको छ ।
गएराती करिब ८ बजेको समयमा जमुनियाबाट नारायणचोक तर्फ जाँदै गरेको लु ४ प ७६९१ नं. को मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको साइकल एक आपसमा ठक्कर खादा बर्दघाट नगरपालिका वडा नम्बर १३ नारायणचोक बस्ने बर्ष ४७ को सुरेश चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाईते भएका उनको भैरहवा मेडिकल कलेजमा उपचारको क्रममा आज बिहान मृत्यु भएको हो ।दुर्घटनामा प्रतापपुर गाउँपालिका २ गोपिगन्ज बस्ने १७ बर्षका मोटरसाइकल चालक किशोर घाईते भएको र उनको उपचार भैरहेको प्रहरी नायव उपरीक्षक रेशम बोहोराले जानकारी दिनुभयो ।
:फाईल फोटो