|Leopard hunting in savannah
९ बैशाख, काठमाण्डौ । भक्तपुरमा खेल्न जाँदै गरेकी एक बालिकालाई चितुवाले आक्रमण गरेको छ ।
आक्रमणबाट चाँगुनारायण नगरपालिका ४ साङदह पलासे घर भई हाल मामाघरमा पढ्न बसेकी कविराज बस्नेतकी छोरी चयन बस्नेत घाईते भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
उनी मामाघर नजिकैको कोही नबस्ने खाली घरमा खेल्न जाने क्रममा नजिकैको झाडिबाट चितुवा आई चिथोरेको र उनलाई उद्धार गरी उपचारका लागि टेकु अस्पतालमा पठाईएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक राजन कार्कीले बताउनुभयो ।