१७ भदौ, गैँडाकोट: कुशे औँशी को अवसरमा वडा नम्बर ६ ज्येष्ठ नागरिक सङ्घले वडा रहेको ७० वर्ष माथि ज्येष्ठ बुबाहरू लाई सम्मान गरेको छ। सम्मान स्वरुप फलफूल दिँदै ज्येष्ठ नागरिकहरू को स्वास्थ्य लाभको कामना गर्दै सम्मान गरिएको अध्यक्ष भिमलाल शर्माले जानकारी दिनु भयो ।
वडा मा रहेका ४० जना ज्येष्ठ बुबाहरूलाई सम्मान गरिएको शर्माले जानकारी दिनु भयो । कार्यक्रम मा ज्येष्ठ नागरिक नगर सङ्घ का अध्यक्ष मुक्ति न्यौपाने, वडा नम्बर ६ का वडा सदस्य चन्द बहादुर विश्वकर्मा, नन्द सामुदायिक बन कि अध्यक्ष हरिमाया अधिकारी , ज्येष्ठ नागरिक सङ्घ का पूर्व अध्यक्ष देवीप्रसाद पौडेल ,त्यस्तै धनपति पाध्या गङ्गाप्रसाद सुवेदी, दुर्गा ढकाल ,कृष्णकुमारी पाध्या , जनक आचार्य , नरु प्रसाद चापागाईं, कृष्ण पौडेल, साथमा भजन कीर्तनका साथ कार्यक्रम सम्मान भएको छ।