२८ असार, गुल्मी: धुर्कोट गाउँपालिकाले एकसाथ ५ हजार भन्दा बढि विरुवाहरु रोपर बृहत रुपमा बृक्षारोपण कार्यक्रम गरेको छ । पालिकाले विभिन्न बृक्षविहिन ठाउँहरुमा बृक्षारोपठ गरेको हो ।
धार्मिक, साँस्कृतिक, आर्थिक र पर्यावरणिय हिसावले महत्वपूर्ण मानिने विरुवाहरु बर, पिपल, स्वामी, ओखर, लप्सी, तेजपत्ता, अमला, टिमुर, चिउरी, राईखन्यु, खरी, कुरिलो, कल्की, धुपिसल्ला लगायतका विरुवाहरु रोपिएको प्रमुख प्रशासकिय अधिकृत ज्ञानुराम पन्थीले जानकारी दिनुभयो ।
गाउँपालिकाले असार १४ गते राष्ट्रिय बृक्षारोपण दिवस पारेर बृक्षारोपण अभियानको सुरुवात गरेको थियो । असार १४ गते डिभिजन बन कार्यालय गुल्मीको आयोजनामा देवीस्थान बन क्षेत्रमा बृहत बृक्षारोपण कार्य सम्पन्न भैसकेको थियो ।
बन क्षेत्रले पर्यावरणिय सु्रक्षा, सांस्कृतिक, सामाजिक तथा आर्थिक सम्मुन्तीमा योगदान पु¥याएकोले बन क्षेत्रको दिगो ब्यबस्थापनबाट हरित अर्थतन्त्र निर्माण, रोजगारीका अवसरको सिर्जना, पर्यटनमा टेवा, कार्वन संचिति, जैविक विविधताको सन्तुलन, जलाधार जस्ता परिस्थितिकीय सेवाहरुमा अभिबृद्दि गर्ने उद्देश्यले बृक्षारोपण कार्यक्रमलाई उच्च प्राथमिकता दिईएको पन्थीले बताउनुभयो ।
बृक्षारोपण कार्यक्रम अन्तरगत वडा नम्बर १ नयाँगाउँमा ५ सय विरुवा, वडा नम्बर २ पिपलधारामा १ सय ५० विरुवा, वडा नम्बर ३ हाडहाडेमा ६ सय ३७ विरुवा, वडा नम्बर ४ जैसिथोकमा १ सय ४० विरुवा, वडा नम्बर ५ बस्तुमा १ हजार ५ सय ५ विरुवा, वडा नम्बर ६ रजस्थलमा १ सय १ विरुवा, वडा नम्बर ७ वाग्लामा १ सय ५ विरुवा र गाउँपालिका कार्यालय परिसरमा २ सय ५० विरुवा रोपिएको हो ।
गाउँपालिकाले बृक्षारोपण् कार्यमा सहयोग पु¥याउने डिभिजन वन कार्यालय, विभिन्न सामुदायिक बन उपभोक्ता समितिहरु, वडा कार्यालय, सुरक्षाकर्मी, उपभोक्ता, जनप्रतिनिधि संगै सरोकारवाला सबैलाई धन्यवाद तथा आभार प्रकट गरेको छ ।