नेपाल रेडक्रश सोसाईटी गैंडाकोट आदर्श उपशाखालाई सहयोग

  • hamroaakha
  • / गण्डकी /
  • २०८१ अषाढ २२, शनिबार (९ महिना अघि)
  • ४७ पटक पढिएको

२३ असार, गैडाकोट: नेपाल रेडक्रस सोसाइटी गैंडाकोट आदर्श उपशाखालाई विजय विकास स्रोत केन्द्रलगायतका विभिन्न संघसंस्था तथा व्यक्तिद्धारा सहयोग प्रदान गरिएको छ ।

विजय विकास स्रोत केन्द्रको तर्फबाट १ थान प्रिन्टर प्रदान गरिएको कार्यक्रममा रेडक्रस प्रेमी फुलुमाया पराजुलीले आफ्ना स्वर्गीय पति रामलाल पराजुलीको स्मृतिमा नगद एघार हजार पचपन्न रूपैयाँ तथा समाजसेवी शारदा ढकालबाट एकएक थान कुर्सी टेवल प्रदान गर्नुभयो ।

कार्यक्रममा उपशाखाको तर्फबाट जिल्ला शाखाको तेस्रो अधिवेशनमा कार्यसमिति सदस्य पदमा निर्वाचित हुनुहुने संस्थाका सचिव विष्णुप्रसाद सापकोटालाई बधाई तथा शुभकामना प्रदान गरिएको थियो।

उत्कृष्ट रक्तदादा खुमनाथ पौडेललाई ११८ पटक रक्तदान गर्नुभएकोमा सम्मान गरिएको थियो । सम्मान कार्यक्रममा संस्थाका सभापति उमाकान्त सापकोटा, उपसभापति शारदा रिमाल, सचिव विष्णुप्रसाद सापकोटा, कोषाध्यक्ष माधवप्रसाद सिग्देल, उपसचिव दोलराज पाण्डे, सदस्यहरू महेन्द्रभक्त अधिकारी, खगेश्वर गौडेल, शारदा ढकाल, बामदेव घिमिरेलगायतको उपस्थिति रहेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस