पहिरोमा पुरिएकी विकको जीवितै उद्दार

  • hamroaakha
  • / प्रदेश /
  • २०८१ अषाढ २२, शनिबार (११ महिना अघि)
  • ४७ पटक पढिएको

२२ असार, गुल्मी: पहिरोमा पुरिएकी एक महिलालाई जीवितै उद्दार गरिएको छ । रुरुक्षेत्र गाउँपालिका ३ थोर्गा ठाटिमा घर माथीबाट पहिरो जाँदा उजेली विक पुरिएकी थिईन् ।

पहिरोमा पुरीएकी विकलाई तत्काल जीवितै उद्दार गरीएको पालिका अध्यक्ष यदुनाथ ज्ञवालीले जानकारी दिनुभयो । उद्दारपछि विकलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र रिडिमा लगिएको छ ।

निरन्तरको बर्षाका कारण जुनसुकै समय विपत आईपर्नसक्ने भएकोले सबैलाई सचेत हुनका लागि अध्यक्ष ज्ञवालीले आग्रह गर्नुभएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस