२६ बैशाख नवलपरासी । त्रिनेत्रधाममा जारी निशुल्क योग विज्ञान शिविरेको तेश्रो दिन आमा औसीको अवसरमा बृद्ध आमाहरुलाई सम्मान गरिएको छ । शिविरका संयोजक एवं पतञ्जली योग समिति जिमिरेभारका अध्यक्ष नरेश पंगेनीले आमाहरुलाई सम्मान गर्नुभएको हो ।
कार्यक्रममा ८० बर्ष देखी माथिका १५ जना आमाहरुको उपस्थिति जनाउनुभएको थियो । सम्मान ग्रहण संगै आमाहरुले आर्शिवादका भावहरु ब्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा आमाको महिमाको बारेमा महिला पंतञ्जली योग समिति नवलपरासी कि निवर्तमान अध्यक्ष दिकुमारी कुंवरले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
बैशाख २४ गते देखी सुरु भएको निशुल्क योग विज्ञान शिविर २८ गते सम्म संचालन हुनेछ । युवा समिति नेपालका संयोजक लोकनाथ खनालले सहभागिहरुलाई योग अभ्यास गराईरहनुभएको छ । विहान ५ बजे देखी ७ बजे सम्म शिविर संचानलन हुँदै आईरहेको छ ।
शिविरमा स्कुले बालबालीका देखी युवा, प्रौढ तथा जेष्ठनागरिकहरुको सहभागिता रहेको छ । त्रिनेत्र धाममा पतञ्जली योग समितिले २०७६ साल देखी हरेक दिन योग अभ्यास संचालन गर्दै आईरहेको छ ।