स्वस्थ जीवनशैलीका  लागी योग गरौं – प्रदेश सभा सदस्य पाठक

  • hamroaakha
  • / प्रदेश /
  • २०८१ बैशाख २४, सोमबार (११ महिना अघि)
  • ५८ पटक पढिएको

२४ बैशाख नवलपरासी । लुम्बिनी प्रदेश सभाका सदस्य विश्वप्रेम पाठकले स्वस्थ जीवनशैलीका लागि योग गर्नुपर्ने बताउनुभएको छ । पश्चिम नवलपरासीको बर्दघाट ७ जिमिरेभारमा ५ दिने निशुल्क योग विज्ञान शिविरको समुद्घाटन गर्दै पाठकले निरन्तरको योग साधनाले मानसिक र शारिरीक रुपमा स्वस्थ बनिने भएकोले योग अभ्यासलाई ब्यापक बनाउनुपर्ने आवश्यक रहेको बताउनुभएको हो ।

पाठकले बर्दघाट नगरपालिकाले जग्गाको ब्यबस्थापन गर्न सके योग अभ्यासका लागि भवन बनाउन बजेटको ब्यबस्था गर्न आफु तयार रहेको बताउनुभयो । उहाँले विगतका बर्ष देखी निरन्तर रुपमा योग अभ्यास संचालन गर्दै आएको पतन्जली योग समिति त्रिनेत्रधामलाई धन्यवाद ब्यक्त गर्दै यसलाई थप ब्यापकता दिन आवश्यक रहेको औल्याउनुभएको थियो ।

बर्दघाट नगरपालिकाका नगर प्रमुख सम्भुलाल श्रेष्ठले नगरका १६ वटै वडामा योग केन्द्र स्थापना गर्न आगामि निति तथा कार्यक्रममा समावेश गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभएको थियो । उहाँले पतञ्जली योग समिति त्रिनेत्रधामले वडा वडामा योग केन्द्र विस्तार गर्नका लागि आवश्यक योग गुरुहरुको ब्यबस्थापन देखी समन्वय गर्नका लागि आग्रह गर्नुभएको थियो ।

त्रिनेत्र धाममा विगत ५ बर्ष देखी निरन्तर रुपमा योग शिविर संचालन हुँदै आईरहेको छ । पतञ्जली योग समिति त्रिनेत्रधामले शिविर वाहेको समयमा दैनिक रुपमा योग अभ्यास संचालन गर्दै आईरको अध्यक्ष नरेश पंगेनीले जानकारी दिनुभयो । निशुल्क रुपमा संचालन भैरहेको योग विज्ञान शिविरमा युवा समिति नेपालका संयोजक लोकनाथ खनालले सहभागिहरुलाई योग साधनाको अभ्यास गराईरहनुभएको छ ।

त्रिनेत्र जेष्ठनागरिक दिवा सेवाकेन्द्रको आयोजनामा संचालित शिविरको संरक्षकको रुपमा रहेको बर्दघाट नगरपालिकाले आर्थिक सहयोग उपलब्ध गराएको छ । पलञ्जली योग समिति त्रिनेत्रधामले सहकार्य गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस