नवलपरासी,पश्चिम् । सरुवा भएर हाजिर भएको महिना दिन नपुग्दै नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाका हाकिम (प्रमुख प्रशासकीय अधिकृत) फेरिएका छन् ।
तीन नगरपालिका र चार गाउँपालिका रहेको जिल्लामा पाल्हीनन्दनसहित सरावल गाउँपालिका, रामग्राम नगरपालिका र बर्दघाट नगरपालिकाका हाकिमको महिना दिनअघि सरुवा गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जिल्लामा सरुवा भएका अन्य हाकिमलाई फेरबदल नगरेपनि पाल्हीनन्दनमा भने फेरि नयाँ हाकिम पठाएको हो ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा कार्यरत गौंडलाई पाल्हीनन्दनमा प्रमुख प्रशासकीय अधिकृतका रुपमा पठाइएको थियो । गौंड शिक्षातर्फको शाखा अधिकृतका रुपमा रहनु भएको छ । पालिकामा प्रशासनतर्फ दरबन्दी रहेकाले गौंडको ठाउँमा अहिले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मधेस प्रदेशमा कार्यरत संजिपकुमार दुबेलाई पाल्हीनन्दन सरुवा गरेर पठाइएको हो ।
यसैबीच अन्य तीन पालिकामामध्ये रामग्राममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, लुम्बिनी प्रदेशबाट भूपेन्द्र पाण्डेय, बर्दघाट नगरपालिकामा भजनी नगरपालिका कैलालीबाट निलमकुमार न्यौपाने र सरावल गाउँपालिकामा गैंडहवा गाउँपालिका रुपन्देहीबाट श्रीप्रसाद गौतमलाई प्रमुख प्रशासकीय अधिकृतमा जिम्मेवारी दिएर पठाइएको छ ।
बर्दघाट नगरपालिकामा निलम कुमार न्यौपानेको नाम मन्त्रालय बाट सिफारिस भएपनी शिवराज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेल आउने चर्चा रहेको छ ।