बर्दघाट सुखौराका १ सय १२ जनालाई जग्गाको निस्सा वितरण

  • hamroaakha
  • / समाचार /
  • २०८२ भाद्र ८, सोमबार (३ हप्ता अघि)
  • १०६ पटक पढिएको

नवलपरासी -बर्दघाट

पश्चिम नवलपरासीको बदर्घाट २ स्थित सुखौराका
भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूलाई जग्गाको निस्सा वितरण गरिएको छ ।

नगरप्रमुख शम्भुलाल श्रेष्ठ उपप्रमुख रुद्र प्रकाश उपाध्याय र वडा नम्बर २ का अध्यक्ष गणेश क्षेत्रीले १ सय १२ जनालाई निस्सा बितरण गरेका हुन ।

बर्दघाट नगरपालिका वडा नम्बर ५ बाट सुरु गरिएको छ ।जग्गा नापजाँचको काम समेत तिव्र रुपमा अघि बढेको जानकारी दिदै नगर प्रमुख शम्भुलाल श्रेष्ठले वडा नम्बर ४ मा नापजाँचको काम सकिएको बताउनु भयो ।यो बर्ष १६ वटै वडाहरुको जग्गा नापजाँच सकिने श्रेष्ठले बताउनु भयो ।भूमिहिनलाई पुर्जा दिलाउने कुरामा नगरपालिका प्राथमिकताका साथ लागि परेको उहाँले बताउनु भयो ।

नगरपालिकाले नगरबाट आवश्यक जनशक्ति ब्यवस्थापन गरेर भूमि आयोगको समन्वयमा नापजाँचको काम अघि बढेको श्रेष्ठले बताए ।निस्सा प्राप्त गरेकाहरुले छिटै नै पुर्जा प्राप्तीका लागि पहल गरिदिन आग्रह गरेका छन । केही बन देखिएका क्षेत्रमा समस्या हुने गरेको नापजाँचमा संलग्न प्राविधिकहरुले बताएका छन ।

 

ताजा अपडेट

खोजी गर्नुहोस