बाँदरको फौजको आक्रमणबाट एक जनाको ज्यान गयो

  • hamroaakha
  • / समाचार /
  • २०८२ भाद्र ३, बुधबार (३ हप्ता अघि)
  • १०० पटक पढिएको

नुवाकोट : नुवाकोटको कविलासका एकजना किसानको बाँदरको आक्रमणबाट ज्यान गएको छ । बाँदरको आक्रमणबाट घाइते भएका ५८ वर्षीय गोकर्ण नेपालीको अस्पताल लेजाँदै गर्दा बाटोमा मृत्यु भएको हो।

पन्चकन्या गाउँपालिका -२ कविलास कोटथोकका नेपालीको बुधबार बिहान बाँदरको फौजले आक्रमण गर्दा मृत्यु भएको स्थानीयवासीले बताए ।

आफ्नै घरबारी पसेका बाँदर धपाउने क्रममा बाँदरको फौजले आक्रमण गर्दा अचेत भएका नेपालीलाई स्थानीयवासीले उद्धार गरि उपचारका लागि काठमाडौं लैजादै गर्दा बाटोमै ज्यान गएको पन्चकन्या- २ का वडाध्यक्ष रामशरण श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार मकै खान लागेको बाँदरलाई धपाउने क्रममा एकसय भन्दा धेरैको संख्यामा रहेका बाँदरको फौजले नेपालीमाथि एक्कासी आक्रमण गर्दा उनी बेहोस भएका थिए।

ताजा अपडेट

खोजी गर्नुहोस