मदिराले लठ्ठीएर चलाएको बाईकको ठक्करले सुनवलमा ४ जना घाईते

नवलपरासी ।मादक पदार्थ सेवन गरेका चालकले चलाएको मोटरसाइकलको ठक्करबाट पश्चिम नवलपरासीको सुनवलमा चार जना पैदलयात्रु घाईते भएका छन् । परासी सुनवल सडक खण्डको सुनवल–९ स्वाठीमा लु ७४ प ४२९७ नम्बरको मोटरसाइकलले गएराती साढे नौ बजेतिर ठक्कर दिदा सडकमा हिँडिरहेका चारैजनालाई ठक्कर दिएको हो ।

दुर्घटनामा घाईते हुनुभएकी सुनवल, स्वाठी बस्ने वर्ष ४९ वर्षीय सिता पोखरेल गम्भिर घाईते हुनुभएको छ । उहाँको परासीमा उपचार हुन नसकेपछि थप उपचारका लागी बुटवल पठाइएको छ । दुर्घटनामा सोही स्थान बस्ने वर्ष ७२ कि पूर्णकला कुँवर, वर्डा ४४ का शिबु न्यौपाने र वर्ष ३८ कि पुनम जयसवाल पनि घाईते हुनुभएको थियो । उहाँहरू परासीमा रहेको पृथ्वीचन्द्र जिल्ला अस्पतालमा उपचार पछि घर फर्किएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल चालक पाल्हीनन्दन गाउँपालिका वडा नम्बर एक बस्ने वर्ष २९ का सन्दिप कुमार लोहार सँग सवारी चालक अनुमति पत्र पनि नभएको र मादक पदार्थ सेवन गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस