नगर प्रहरीको पहलमा घाईते असाहयलाई मानव सेवा आश्रममा बुझाईयो

  • hamroaakha
  • / समाचार /
  • २०८२ श्रावण २८, बुधबार (१ महिना अघि)
  • १३९ पटक पढिएको

 

नवलपरासी -बर्दघाट

नाम थर नखुलेका असाहय ब्यक्तिलाई नगर प्रहरीको सक्रियतामा मानव सेवा आश्रमम बुझाईएको छ ।नगर प्रमुख शम्भुलाल श्रेष्ठलाई जानकारी गराए पश्चात् श्रेष्ठले उद्धार गरि मानव सेवा आश्रममा पुर्याउन अनुरोध गर्नु भएको वडा सदस्य जनक रावलले बताउनु भयो ।

बिगत दुई तीन देखि बर्दघाट क्षेत्रमा हिडडुल गरिरहेका अन्दाजी २५ बर्षिय युवकलाई बर्दघाट नगर प्रहरी प्रमुख पिताम्बर सापकोटाको सक्रियतामा वडा नम्बर ४ का जनप्रतिनिधि सहितको टोलिले रुपन्देही स्थित मानव सेवा आश्रममा पुर्याएको छ ।

दाहिने खुट्टामा चोट लागेर घाउ पाकेको अवस्थामा मानसिक सन्तुलन समेत गुमेको जस्तो देखिने अवस्थामा रहेका उनलाई चिसापानी अस्पतालमा उपचार पश्चात मानव सेवा आश्रम पुर्याएको नगर प्रहरी प्रमुख पिताम्वर सापकोटाले जानकारी दिनुभयो ।वडा नम्बर ४ का वडा सदस्य जनक रावल सहितको टोलीले उनको उद्दार गरेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस