चुनाव हार्ने डरले काङ्ग्रेस भित्र आत्मविश्वास कमजोर देखियो :महामन्त्री थापा

"समाजमा असन्तुष्टि छ,नागरिक रिसाएका छन"

काठमाडौ ।नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीमा शुद्धीकरण, आत्मसमीक्षा र आत्मविश्वास आवश्यक रहेको बताएका छन्। शनिबार बालकोटमा आयोजित स्व श्यामबहादुर कार्कीको १८औँ स्मृति सभामा कांग्रेसले आत्मविश्वास हराएको पार्टीले देश सम्हाल्न नसक्ने भन्दै सबैले आत्मसमीक्षासहित पार्टी निर्माणमा लाग्नुपर्ने बताए।

महामन्त्री थापाले देशका समस्याको समाधान दिनुपर्ने पार्टीमै आत्मविश्वास कमजोर भएको जस्तो देखिएको उल्लेख गर्दै त्यसलाई मजबुद बनाउन आवश्यक रहेको बताए। ‘नेपाली समाजमा असन्तुष्टि छन्, नागरिक रिसाएको अवस्था छ। यसबाट देशलाई बाहिर निकाल्ने र सम्हाल्ने काम कांग्रेसको काँधमा छ। देश बनाउनसक्ने कांग्रेसले हो भन्ने सन्देश दिनेगरी काम गर्न आवश्यक छ,’ उनले भने, ‘पार्टीभित्र चुनाव हारिन्छ कि भन्ने डरका कारण राजनीति कमजोर बन्दै गएको छ। त्यो डर त्यागेर कांग्रेसलाई बलियो बनाउन अग्रज नेताको मार्गनिर्देशन पालन गर्न लागौँ।’

महामन्त्री थापाले युवाहरूको असन्तुष्टिलाई वास्तविक भावनाका रूपमा बुझ्नुपर्ने र त्यसलाई कदर गर्दै देशभित्र अवसर सिर्जना गर्नुपर्नेमा समेत जोड दिए।

ताजा अपडेट

खोजी गर्नुहोस