जाममा परेका यात्रुलाई नगरपालिकाको घुम्ती शौचालय

  • hamroaakha
  • / समाचार /
  • २०८२ अषाढ ७, शनिबार (२० घण्टा अघि)
  • १७९ पटक पढिएको

नवलपरासी,पश्चिम्

दाउन्ने दुम्किबास सडक खण्डको बाटोको दुरावस्थाका कारण जाममा परेका यात्रुहरुलाई लक्षित गर्दै पश्चिम् नवलपरासीको बर्दघाट नगरपालिकाले राजमार्गमा घुम्ती शौचालय राखिदिएको छ ।बर्दघाट जेसिस र बर्दघाट खानेपानीको समन्वयमा बर्दघाटको मुख्य बजार क्षेत्रमा  शौचालय राखिएको हो ।

पानी परेपछि जामका कारण गन्तव्यमा पुग्न नसकेका यात्रुहरुको सहजताका लागि घुम्ती शौचालय राखिएको नगर प्रमुख शम्भुलाल श्रेष्ठले बताउनु भयो ।यात्रुहरुलाई शौच गर्न समस्या भएको गुनासो आएपछि नगरपालिका ले सुचना नै जारी गरी शौचालय प्रयोग गर्न दिन सबैमा आग्रह गरिएको थियो । शौच गर्न नपाएको गुनासो आएपछि यो ब्यवस्थापन गरिएको र सहजीकरण गरि सहयोग गर्न सबैमा आग्रह गरिएको प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनालने बताउनु भयो ।

अहिले दाउन्ने खण्डको केही स्थानहरुमा ग्राबेल राखेर सडक मर्मत गर्ने काम भईरहेको छ ।
आयोजनाले सुचना जारी गर्दै यो सडक खण्डमा साँझ सात बजेदेखि बिहान पाँच बजेसम्म सबै प्रकारका सवारी संचालनमा समेत रोक लगाईएको छ । बैकल्पिक सडक प्रयोग गर्न प्रशासनले आग्रह समेत गरेको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस