लुम्बिनी प्रदेशको आर्थिक सल्लाहकारमा गौतम नियुक्त

  • hamroaakha
  • / प्रदेश /
  • २०८१ बैशाख १८, मंगलबार (११ महिना अघि)
  • ४० पटक पढिएको

१८ बैशाख, दाङ । लुम्बिनी प्रदेश सरकारको आर्थिक सल्लाहकारमा सुरेश गौतम नियुक्त हुनुभएको छ । अर्थमन्त्रालयमा बसेर काम गर्नेगरी मुख्यमन्त्री जोखबहादुर महराले गौतमलाई आर्थिक सल्लाहकारमा नियुक्त गर्नुभएको हो ।

घोराही उपमहानगरपालिका–१२ निवासी गौतम आर्थिक क्षेत्रको विज्ञ मानिनुहुन्छ । व्यवस्थापन संकायमा स्नातकोत्तर उत्तीर्ण गर्नुभएका गौतम अर्थमन्त्री विष्णु पौडेल र लुम्बिनी प्रदेश सरकारका संस्थापक मुख्यमन्त्री शंकर पोख्रेलको सचिवालयमा रहेर कार्य अनुभव संगाली सक्नुभएको छ ।

यसैबीच गौतमलाई मंगलबार अर्थमन्त्री चेतनारायण आचार्यले मन्त्रालयमा स्वागत गर्नुभएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस