क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल सुस्ताद्वारा संस्थागत भ्रष्टाचार बिरुद्व अभियान संचालनको तयारी

  • hamroaakha
  • / राजनीति /
  • २०८२ जेष्ठ २५, आईतबार (५ घण्टा अघि)
  • ६० पटक पढिएको

क्रान्तिकारी कम्युनिस्ट पार्टी जिल्ला समिति नवलपरासी अन्तरगत सुस्ता गाउँ सङ्गठन समितिले भ्रष्टाचार विरुद्ध अभियान संचालनको तयारी गरेको छ ।

पार्टीको आइतवार सम्पन्न गाउँपालिका समितिको पुर्ण बैठकले संस्थागत भ्रष्टाचारले देश खोक्रो भएको भन्दै अभियान संचालन गर्ने निर्णय गरिएको हो । अभियानको क्रममा असार ५ गते केन्द्रीय योजना अनुसार जिल्ला सदरमुकाम परासीमा हुने अभियान उदघाटनलाई भब्य रुपमा सफल बनाउने पालिका संयोजक सोम बहादुर बिश्वकर्माले बताए ।

बैठकमा पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला सेक्रेटरी रवि पाण्डेय , गोबिन्द बहादुर साठिघरे लगायतले भ्रष्टाचार बिरुद्वको अभियानको चरणहरु र समसामयिक राजनैतिक बिषयमा मन्तब्य दिए।

ताजा अपडेट

खोजी गर्नुहोस