हुण्डी कारोबारको आशङ्कामा १२ लाख रुपैयाँ सहित दुई जना पक्राउ

नवलपरासी

प्रहरीले हुन्डी कारोबारको आशङ्कामा दुई जना नेपालीलाई पक्राउ गरेको छ। पक्राउ परेका दुबैको साथबाट १२ लाख रुपैयाँ नगद फेला परेको प्रहरीले जनाएको छ । उनिहरुको साथबाट प्रहरीले दुई थान भारतीय नम्बरको मोटरसाईकल समेत बरामद गरिएको छ ।

प्रहरीले उक्त नवलपरासी पाल्हीनन्दन गाउँपालिका २ भक्सिपुरका बर्ष २२ का सुख सागर यादव र प्रतापपुर गाउँपालिका ८ पिपरपातीका ३९ वर्षीय शिवेन्द्र प्रसाद बनियालाई पक्राउ गरेको छ ।

बरामद गरिएको रकमको स्रोत खुल्न नसकेकोले उनीहरूमाथि अवैध वित्तीय कारोबार अन्तर्गतको ( हुण्डि ) भएको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी एवं प्रहरी निरीक्षक नारायण थापाले बताउनु भयो ।

भारतबाट नेपालतर्फ हुण्डी कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले सदरमुकाम परासीस्थित रामग्राम ५ बाइपास चोकबाट उनीहरूलाई चेकजाँचका क्रममा नियन्त्रणमा लिएको थियो ।

पक्राउ परेका दुवै जना विरुद्ध नवलपरासी जिल्ला अदालतबाट म्याद थप गरी हुन्डी कारोबार सम्बन्धी कसुरमा थप अनुसन्धान चलिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस