नवलपरासी,पश्चिम्
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले आठ महिनाको अवधिमा विभिन्न मुद्दाका चालू आर्थिक बर्षमा हालसम्म ५ सय ९ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
विभिन्न मुद्धामा जिल्ला अदालत परासीले दोषी ठहर भई सजाय निर्धारण गरेका प्रतिवादीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक विरदत्त पन्तले जानकारी दिनुभयो ।
प्रहरीले फागुन महिनाको अवधिमा मात्रै २० जना प्रतिवादिहरु पक्राउ गरेको छ।पक्राउ परेका केहि प्रतिवादीहरु २० वर्ष देखि फरार भएकाहरु समेत रहेको प्रहरीले जनाएको छ ।
अदालतको फैसला भएको २० वर्षको अवधि सम्म पनि फरार भएका कारण सजाय भुक्तान हुन बाँकि २३ जना, १५ वर्ष देखि फरार ३ जना १० वर्ष देखि फरार १० जना, ५ वर्ष देखि फरार ३ जना र ५ वर्ष भन्दा कम अवधि देखि फरार रहेका १० जनालाई प्रहरीले नियन्त्रणमा लिएर सजाय भुक्तानका लागी अदालतमा पेश गरेको छ। जसबाट ३ लाख २० हजार जरिवाना र कुल २२ वर्ष ४ महिना सजाय कैद असुलउपर भएको पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको हो ।
प्रहरीले अदालतले दोषि ठहरेका फरार प्रतिवादीहरुलाई पक्राउ अभियान नै चलाएर चालु आर्थिक वर्षको ८ महिनाको अवधिमा ५ सय ९ जनालाई पक्राउ गरेको पन्तले बताउनुभयो ।
प्रहरीको तथ्यांक अनुसार १ करोड ५३ लाख ८१ हजार जरिवाना र १ सय ३३ वर्ष १० महिना ६ दिन कुल सजाय असुलउपर भएको छ । यसैगरी प्रहरीले फागुन महिनाभरको अवधिमा ३३ लाख ३६ हजार राजश्व समेत संकलन गरेको छ । भारत बाट अवैध रुपमा भित्रिएको किराना समान जफत गरेर ११ लाख ९० हजार, लत्ताकपडा बाट ४ लाख ८८ हजार, चल्ला कुखुरा तथा माछाको अवैध आयात नियन्त्रणमा लिएर ८ लाख ६० हजार, अन्य समानबाट ८ लाख ५६ हजार राजश्व संकलन गरेको प्रहरीले जनाएको छ ।
खुला सिमाका कारण अवैध ओसारपसार नियन्त्रण चुनौती बन्दै गैरहेको छ भने राजस्व संकलनमा समेत ह्रास आएको छ ।