सबै ठुला काण्डको छानबिन गरौं,आमा मामा जो परेनि पाता कसौं :महामन्त्री थापा

  • hamroaakha
  • / राजनीति /
  • २०८१ फागुन २८, बुधबार (४ हप्ता अघि)
  • १०९ पटक पढिएको

नवलपरासी,पश्चिम्

नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले अख्तियार र सरकारले गरेको छानबिनको चित्त नबुझे बिकल्पको रुपमा शक्तिशाली आयोग बनाउन सुझाउनु भएको छ ।हरेक नागरिकलाई अहिले दलका नेताहरू सबै भ्रष्टाचारी हुन भन्ने लागेको छ तर सजाय गल्ती गर्नेले भोग्नु पर्ने बताउदै थापाले एउटाको गल्ती सबैले भोग्न जरुरी नभएको उल्लेख गर्नु भयो ।

“नागरिकहरूलाई यो देशमा यति धेरै राजनीतिक दलहरू भ्रष्टाचारमा डुबेका छन्, नेताहरू भ्रष्ट भएका छन्, भ्रष्टाचारमा डुबेका छन भन्ने लागेको छ तर गल्ती जसले गर्छ उसैले मात्रै भोग्ने हो,नबिराउनु नडराउनु”थापाले भन्नू भयो ।

नेपाली काङ्ग्रेस नवलपरासी क्षेत्र नम्बर २ को प्रदेश सभा क्षेत्र १ मा क्षेत्रीय सम्मेलनलाई बुधबार सुनवलमा सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताउनु भएको हो ।”अख्तियारको कामप्रती पनि गुनासो छ,बरु संसदिय छानबिन समिती बनाउने होकि,बिश्वासिलो पुर्व न्यायाधीसको नेतृत्वमा आयोग बनाउने हो शक्तिशाली आयोग बनाएर सबै कान्डको छानबिन गरौ,आमा मामा जो परेपनी छानबिन गरौ”थापाले भन्नू भयो ।कसैले ब्यक्तिगत लाभका लागि भ्रष्टाचार गरेको भए उसलाई जोगाउन आवश्यक नरहेको थापाले उल्लेख गर्नु भयो ।

फरक सन्दर्भमा बोल्दै महामन्त्री थापाले पछिलो समय नागरिकहरूमा व्यापक असन्तुष्टि देखियो र ब्यवस्था बदलिएपनी अवस्था नबदलिएको भन्ने गुनासो छ। यि असन्तुष्टिहरुलाई समेट्दै जानू पर्ने थापाको धारणा थियो ।राष्ट्रिय पार्टी भएका नाताले काङ्ग्रेसले नागरिकलाई बुझाउन सक्नु पर्ने समेत उहाँले बताउनु भयो ।यहि ब्यवस्था र संविधान भित्र रहेर छलफल गरिनु पर्ने थापाको भनाई थियो ।कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य देवेन्द्र राज कंडेल,लुम्बिनी प्रदेश महामन्त्री बिक्रम खनाल,नेता देवकरण कलवार लगायत पार्टीका नेतृत्वहरुको उपस्थित रहेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस