३२ वर्षपछि फरार प्रतिवादी पक्राउ

  • hamroaakha
  • / अपराध /
  • २०८१ फागुन २०, मंगलबार (१ महिना अघि)
  • ९१ पटक पढिएको

 

नवलपरासी

पश्चिम नवलपरासीको प्रहरीले ३२ वर्षपछि फरार रहेका एकजना प्रतिवादीलाइ पक्राउ गरेको छ । प्रहरीले चोरी (डाका) मुद्धाका फरार रहेका सुनवल नगरपालिका वडा नम्बर १३ बस्ने रामबहादुर गुरुङलाई पक्राउ गरेको हो ।

गुरुङलाई २०४९ मङ्सिर २८ गते अदालतले दोषी ठहर गरेको थियो । दोषी करार पश्चात अदालतले पाँच वर्ष दुई महिना २५ दिन कैद सजाय र २ हजार ९ सय ७ रुपैया जरिवाना हुने गरी फैसला सुनाएको थियो ।

फैसला पश्चात उनि फरार भएका थिए । त्यसपछि गुरुङलाई ३२ वर्षपछि इलाका प्रहरी कार्यालय सुनवल बाट खटिएको प्रहरी टोलीले पक्राउ गरी कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक नारायण थापाले जानकारी दिनुभयो ।

ताजा अपडेट

खोजी गर्नुहोस