माओवादी अध्यक्ष प्रचण्ड २६ गते पश्चिम नवलपरासी आउने

नवलपरासी।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आगामी फागुन २६ गते पश्चिम नवलपरासी आउनु हुने भएको छ ।

माओवादी केन्द्रले सञ्चालन गरेको “जनतासँग माओवादी ः तराई–मधेश जागरण अभियान” अन्तरगत फागुन २६ गते बेलुका प्रचण्ड पश्चिम नवलपरासी आउनुहुने भएको हो ।
२६ गते बेलुका प्रचण्ड बर्दघाट हुँदै विनयी त्रिवेणी गाउँपालिका अन्तरगत पर्ने त्रिवेणीमा बास बस्ने कार्यक्रम रहेको नेकपा माओवादी केन्द्रका पश्चिम नवलपरासी जिल्ला संयोजक रामानन्द यादवले जानकारी दिनुभएको छ ।

२७ गते विहान देखि प्रचण्ड पश्चिम नवलपरासीका कार्यक्रमहरुमा सहभागी हुने संयोजक यादवले बताउनुभयो ।
२७ गते विहान प्रचण्ड सुस्ता गाउँपालिकाको अनोमाघाट लगायतका स्थानहरुमा अवलोकन गर्ने कार्यक्रम रहेको छ भने प्रतापपुर गाउँपालिकाको बेलाटारीमा अभियान अन्तरगत सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

त्यस्तै अभियानको क्रममा जिल्ला सदरमुकाम परासीमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ भने परासीको कार्यक्रम पश्चात सुनवल हुदैँ रुपन्देही प्रस्थान गर्ने कार्यक्रम रहेको माओवादी केन्द्रले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस