|DCIM100MEDIADJI_0169.JPG
नवलपरासी,पश्चिम्
पश्चिम् नवलपरासीको बर्दघाट नगरपालिकाले द्वन्द्व पिडितलाई नियमित रुपमा मासिक भत्ता उपलब्ध गराउदै आईरहेको छ ।
नगरपालिकाको पहिलो बैठकले नगरपालिकाभित्र रहेका द्वन्द्वपीडित परिवारका लागि मासिक दुई हजार रुपियाँ भत्ता उपलब्ध गराउने निर्णय गरेको हो । नेपाली काङ्ग्रेस र नेकपा माओवादी दुई पार्टी को गठबन्धनतर्फबाट निर्वाचित हुनुभएका नगरप्रमुख शम्भुलाल श्रेष्ठ र उपप्रमुख रुद्रप्रकाश उपाध्यायले पहभार ग्रहण गर्दै सो निर्णय गर्नुभएको हो ।
नगरपालिकाको पहिलो बैठकले नगरपालिकाभित्र रहेका सबै द्वन्द्वपीडित परिवारलाई मासिक दुई हजार रुपियाँ भत्ता उपलब्ध गराउने निर्णय गरेको उपप्रमुख रुद्रप्रकाश उपाध्यायले बताउनु भयो ।”ठूलो रकम त होईन तर पनि सम्बोधन गर्ने प्रयत्न गरेका हौ,हामिले पहिलो बैठकमा गरेका तीन वटा निर्णय मध्ये यो पनि समेटेका हौं”उपाध्यायले भन्नू भयो
विस्तृत शान्ति सम्झौताको मर्मअनुसार शान्ति प्रक्रियालाई टेवा पुग्नेगरी दसवर्षे जनयुद्धक्रममा तत्कालीन समयमा राज्य एवं विद्रोही पक्षबाट मारिएका पीडित परिवारलाई प्रतिमहिना दुई हजार रुपियाँ दिदै आईएको उपप्रमुख उपाध्यायले बताउनुभयो ।
बर्दघाट नगरपालिकामा जनयुद्धका शहीद, बेपत्ता परिवार, तत्कालीन विद्रोही माओवादीतर्फबाट मारिएका एवं बेपत्ता परिवार सदस्य गरी जम्मा १८ जना रहेका छन् ।