परासीमा २ मेगावाटको सौर्य उर्जा उत्पादन,मन्त्री भण्डारीद्वारा उद्घाटन

  • hamroaakha
  • / कर्पोरेट /
  • २०८१ माघ २५, शुक्रबार (२ महिना अघि)
  • ३१ पटक पढिएको

रामग्राम नगरपालिका-१०, परासीमा अवस्थित बरुण बेभरेज (नेपाल) प्रा.लि. ले ११ करोड रुपैयाँको लागतमा २ मेगावाट क्षमताको सौर्य ऊर्जा उत्पादन सुरु गरेको छ। कम्पनीले १७ विघा क्षेत्रफलमा फैलिएको उद्योग सञ्चालन गर्दै आएको छ, जहाँ पेप्सी, माउन्टेन ड्यु लगायतका पेय पदार्थ उत्पादन गरिन्छ।

शुक्रबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सौर्य ऊर्जा परियोजनाको उद्घाटन गर्दै नवीकरणीय ऊर्जा प्रवर्द्धन तथा आत्मनिर्भर औद्योगिक विकास सरकारको प्राथमिकतामा रहेको बताए। उनले बरुण बेभरेजले नेपालमा बाह्य लगानीलाई प्रोत्साहन गर्दै महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गर्नु भयो।

“निजी क्षेत्रलाई प्रोत्साहित गर्ने ऐनहरू सुधार गर्दै आन्तरिक लगानी प्रवर्द्धन तथा बाह्य लगानी आकर्षणका लागि सरकारले लगानीमैत्री वातावरण बनाउन प्रतिबद्ध छ,” मन्त्री भण्डारीले भन्नु भयो।

७ वर्षदेखि सञ्चालनमा रहेको यो उद्योगमा ४ सयभन्दा बढी श्रमिक कार्यरत छन्। नयाँ सौर्य ऊर्जा प्रणालीबाट उत्पादित बिजुलीमध्ये ३० प्रतिशत उद्योग सञ्चालनमा उपयोग गर्न सकिने कम्पनीका कमर्सियल जनरल म्यानेजत मुकेश कुमारले जानकारी दिनु भयो ।

बरुण बेभरेजले सौर्य ऊर्जा प्रविधि अवलम्बन गरेर स्वच्छ ऊर्जा प्रयोगमा टेवा पुर्याएको छ। उद्योगले वातावरणमैत्री ऊर्जा प्रणालीलाई विस्तार गर्दै जाने लक्ष्य राखेको छ।

मन्त्री भण्डारीले यहाँ रहेको सम्बृद्धि स्टिल प्याक्ट्रीको समेत अवलोकन गर्नु भएको छ। उद्योग क्षेत्रको सम्भाव्यता, उत्पादनशीलता र रोजगारी सिर्जना सम्बन्धी प्रत्यक्ष जानकारी लिन स्टिल प्याक्ट्री को अवलोकन गर्दै औद्योगिकीकरणलाई तीव्रता दिन आवश्यक नीतिगत सुधार तथा पूर्वाधार निर्माणका विषयमा उद्योगपतिहरूसँग छलफल गर्नुभयो ।

छलफलमा क्रममा मन्त्री भण्डारीले उद्योग सम्बन्धी नीतिगत सुधार गर्ने प्रतिवद्दता व्यक्त गर्दै उद्योगमैत्री नीति बनाउने बताउदै उनले आगामी वजेट उद्योगीको हकहितमा विननियोजन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

यसैगरी लक्ष्मी ह्युन्डाइ एसेम्बलिङ्ग प्लान्टकोसमेत अवलोकन गर्नुभयो । स्वदेशमै सवारी साधन एसेम्बल गरी आयात प्रतिस्थापन गर्नुपर्नेमा जोड दिदैँ मन्त्री भण्डारीले नेपालमा गाडी निर्माण तथा एसेम्बलिङ उद्योगको विस्तारले मुलुकको औद्योगिक विकासलाई थप गति दिने विश्वास व्यक्त गर्नुभयो ।

ताजा अपडेट

खोजी गर्नुहोस