शिक्षिकाको पिटाईबाट आँखा गुमेको घटनामा नेविसंघको ध्यानाकर्षण

  • hamroaakha
  • / अन्य /
  • २०८१ पौष २९, सोमबार (२ महिना अघि)
  • १७५ पटक पढिएको

 

नवलपरासी

पश्चिम् नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नम्बर १ स्थित एच पाठशालामा शिक्षिकाको पिटाईबाट युकेजीमा अध्ययनरत ६ बर्षिय बालकको आँखा गुमेको घटनामा नेपाल विद्यार्थी संघ जिल्ला कार्य समिति पश्चिम् नवलपरासीले ध्यानाकर्षण भएको जनाएको छ ।

नेबिसंघले आज एक बिज्ञप्ति जारी गर्दै स्थानिय देखि केन्द्र सम्मका सञ्चार माध्यममा समाचार आईरहदा कुनै पनि किसिमको कारबाही प्रक्रिया अघि नबढेको भन्दै आपत्ती जाईएको छ ।

“समाचारको केन्द्र बिन्दु बन्दा सम्म काम कारबाही अगाडी नबढ्नु एक प्रकारको लापरबाही र दण्डहिनताको पराकाष्ठा नै हो” नेविसंघका जिल्ला अध्यक्ष कमल बस्यालद्वारा हस्ताक्षरित बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

बिज्ञप्ती मार्फफ घटनाको घोर भत्सर्ना गर्दै बालकको शैक्षिक न्याय प्राप्ती तथा सुनिश्चितता गर्न माग गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस